-सुनिता अर्याल
वातावरणमा रहेका जैविक तथा अजैबिक अवयबहरु बिचको अन्तरक्रिया वा अन्तर सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवर्तन गरि वातावरणमा ह्रास पुर्याउने प्रक्रियालाई नै वातावरण प्रदुषण भनिन्छ ।
वातावरण प्रदुषणलाई वायु प्रदुषण ,ध्वनि प्रदुषण , जल प्रदुषण ,खाद्य प्रदुषण ,औद्योगिक प्रदुषण , भुमि प्रदुषण विकिरण प्रदुषण गरि विभिन्न प्रकारका प्रदुषणहरु हुने गर्दछन । हिजो आज काठमाडौ लगायत देशका अन्य भागहरुमा वायु प्रदुषण बढ्नुको मुख्य कारण अव्यवस्थित शहरिकर , अत्याधिक मात्रामा इन्धनबाट चल्ने यातायातका साधनहरु , कलकारखाना बाट निस्कने घातक प्रदुषण लगाएत प्लास्टिक जन्य बस्तुको प्रयोग मुख्य गरि हुन ।
हामीले सास फेर्ने हावामा विभिन्न घातक ग्याँस मिसिइरहेको छ । अव्यवस्थित शहरीकरण, मोटर–गाडीको अत्यधिक प्रयोग, विभिन्न उद्योग, कलकारखाना, धुलाम्य सडक,फोहोर मैलाको उचित ब्याबस्थापन हुन नस्क्नु यी सबै वायु प्रदूषणका कारखाना हुन् भन्दा फरक पर्दैन ।
यही कारण हाम्रा पुर्खाहरूले जस्तो हामीले स्वच्छ सास फेर्न पाएका छैनौं । आजभन्दा पाछ दशक अगाडि प्रदूषणको तह अहिलेको जस्तो थिएन । किनकि, प्रदूषणको स्रोत त्यतिबेला कम थियो । पछिल्लो समय प्रदूषण र मानिसमा पनि स्वास्थ्य संस्थामा जँचाउन जानुपर्छ भन्ने जनचेतना बढेकाले श्वास–प्रश्वासका रोगी बढेका छन् ।
वायु प्रदुषणले जनस्वास्थ्यमा सामान्य देखि गम्भीर प्रकारका रोगहरु निम्त्याउन सक्दछ हावामा मिसिएका धूलो–कणले मानव स्वास्थ्यमा गम्भीर हानि पुरग्दछ । धूलो–कण विभिन्न साइजका हुन्छन् । जसलाई पीपीएममा नापिन्छ । सामान्यतया प्राकृतिक बनावटमा नाकबाट ठूला कणहरू भित्र छिर्न खोजे भने हाम्रो नाकभित्र भएको रौंले त्यसलाई छेक्ने काम गर्छ । हाच्छिउँ गरेर या खोकेर पनि त्यसमा भएका हानिकारक कुराहरूलाई प्रवेश गर्न रोक्ने प्राकृतिक बनावट हुन्छ । तर हावामै घुलिएर आउने साढे २ पीपीएमभन्दा कम साइजका धूलोका हानिकारक कणहरू चाहिं सीधै हाम्रो फोक्सोमा प्रवेश गर्ने बैज्ञानिक भनाइ रहेको छ ।
नेपालमा सामान्य अवस्थामा पनि बर्खाको समयमा बाहेक अन्य बेला हावा सास फेर्न त्यति योग्य हुँदैन । किनकि, मोटर, इँटा भट्टाको धूलो, उद्योग–कारखानाको प्रदूषण र सडक–धूलोको समिश्रणसँगै हावाले नै भारतबाट प्रदूषण ल्याउने भएकाले हामीले सास फेर्ने यहाँको हावा प्रदूषित छ ।
त्यसैले तुवाँलो लागेको बेला मात्र प्रदूषण भयो भन्नु भन्दा पनि यो बाहेक अरू समयमा पनि हामी प्रदूषित हावामै सास फेरिरहेका छौं ।
वायु प्रदुषणका कारणहरु :
क- अत्याधिक जनसंख्या वृद्धि,
ख-अव्यवस्थित शहरीकरण,
ग-वातावरण शिक्षाको कमि,
घ- औद्योगिकरण,
ङ- बनजङ्गलको विनाश,
च- बिषाधिजन्य केमिकल औसधिको प्रयोग,
छ- अबैज्ञानिक कृषि प्रणाली,
झ- कानुनको अभाव आदि।
वायुप्रदुषण बाट उत्पन्न हुने समस्याहरु :
क- जैबिक विविधतामा ह्रास,
ख-अम्लिय बर्षा
ग- ओजोन तहको विनाश
घ-कृषि उत्पादनमा ह्रास
ङ-बाढी पहिलो अति वृष्टि, अना बृस्टि भुक्षय,
च- मानिसमा विभिन्न स्वास्थ समस्या आदि ।
वायु प्रदुषणबाट बच्ने उपायहरू
क- नियमित माक्स र चस्माको प्रयोग गर्ने,
ख- अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने,
ग- विशेष स्वास्थ मापदण्ड अपनाउने,
घ- नियमित ब्याम गर्ने,
च- अत्याधिक प्रदुषण भएको ठाउबाट टाढै रहने,
छ- प्राथमिक स्वास्थ उपचारहरुको अक्सिजन लगाएतका अन्य उपचारका सामाग्रीको जोहो गर्ने,
ज- घरमै उत्पादन हुने अर्गानिक खानेकुराहरु प्रयोग गर्ने,
झ- उमालेको वा शुद्ध गरिएको पानी पिउने आदि।
प्रदुषित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई स्वच्छ राख्नु आजको आवश्यकता हो । राम्रो स्वस्थको।लागि स्वच्छ वातावारण रहेकाले यसको संरक्षण व्यक्ति, समाज र विश्वले नै सचेत बन्नुपर्ने आवश्यकता रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)