Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फैलियाे वायु प्रदुषण,अब कसरी बच्ने ?

फैलियाे वायु प्रदुषण,अब कसरी बच्ने ?

  • 14.5K
    SHARES

  • फैलियाे वायु प्रदुषण,अब कसरी बच्ने ?

    -सुनिता अर्याल

    वातावरणमा रहेका जैविक तथा अजैबिक अवयबहरु बिचको अन्तरक्रिया वा अन्तर सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवर्तन गरि वातावरणमा ह्रास पुर्याउने प्रक्रियालाई नै वातावरण प्रदुषण भनिन्छ ।

    वातावरण प्रदुषणलाई वायु प्रदुषण ,ध्वनि प्रदुषण , जल प्रदुषण ,खाद्य प्रदुषण ,औद्योगिक प्रदुषण , भुमि प्रदुषण विकिरण प्रदुषण गरि विभिन्न प्रकारका प्रदुषणहरु हुने गर्दछन । हिजो आज काठमाडौ लगायत देशका अन्य भागहरुमा वायु प्रदुषण बढ्नुको मुख्य कारण अव्यवस्थित शहरिकर , अत्याधिक मात्रामा इन्धनबाट चल्ने यातायातका साधनहरु , कलकारखाना बाट निस्कने घातक प्रदुषण लगाएत प्लास्टिक जन्य बस्तुको प्रयोग मुख्य गरि हुन ।

    हामीले सास फेर्ने हावामा विभिन्न घातक ग्याँस मिसिइरहेको छ । अव्यवस्थित शहरीकरण, मोटर–गाडीको अत्यधिक प्रयोग, विभिन्न उद्योग, कलकारखाना, धुलाम्य सडक,फोहोर मैलाको उचित ब्याबस्थापन हुन नस्क्नु यी सबै वायु प्रदूषणका कारखाना हुन् भन्दा फरक पर्दैन ।

    यही कारण हाम्रा पुर्खाहरूले जस्तो हामीले स्वच्छ सास फेर्न पाएका छैनौं । आजभन्दा पाछ दशक अगाडि प्रदूषणको तह अहिलेको जस्तो थिएन  । किनकि, प्रदूषणको स्रोत त्यतिबेला कम थियो । पछिल्लो समय प्रदूषण र मानिसमा पनि स्वास्थ्य संस्थामा जँचाउन जानुपर्छ भन्ने जनचेतना बढेकाले श्वास–प्रश्वासका रोगी बढेका छन् ।

    वायु प्रदुषणले जनस्वास्थ्यमा सामान्य देखि गम्भीर प्रकारका रोगहरु निम्त्याउन सक्दछ हावामा मिसिएका धूलो–कणले मानव स्वास्थ्यमा गम्भीर हानि पुरग्दछ  । धूलो–कण विभिन्न साइजका हुन्छन् । जसलाई पीपीएममा नापिन्छ । सामान्यतया प्राकृतिक बनावटमा नाकबाट ठूला कणहरू भित्र छिर्न खोजे भने हाम्रो नाकभित्र भएको रौंले त्यसलाई छेक्ने काम गर्छ । हाच्छिउँ गरेर या खोकेर पनि त्यसमा भएका हानिकारक कुराहरूलाई प्रवेश गर्न रोक्ने प्राकृतिक बनावट हुन्छ । तर हावामै घुलिएर आउने साढे २ पीपीएमभन्दा कम साइजका धूलोका हानिकारक कणहरू चाहिं सीधै हाम्रो फोक्सोमा प्रवेश गर्ने बैज्ञानिक भनाइ रहेको छ ।pollution.jpg

    नेपालमा सामान्य अवस्थामा पनि बर्खाको समयमा बाहेक अन्य बेला हावा सास फेर्न त्यति योग्य हुँदैन । किनकि, मोटर, इँटा भट्टाको धूलो, उद्योग–कारखानाको प्रदूषण र सडक–धूलोको समिश्रणसँगै हावाले नै भारतबाट प्रदूषण ल्याउने भएकाले हामीले सास फेर्ने यहाँको हावा प्रदूषित छ ।

    त्यसैले तुवाँलो लागेको बेला मात्र प्रदूषण भयो भन्नु भन्दा पनि यो बाहेक अरू समयमा पनि हामी प्रदूषित हावामै सास फेरिरहेका छौं ।

    वायु प्रदुषणका कारणहरु :
    क- अत्याधिक जनसंख्या वृद्धि,
    ख-अव्यवस्थित शहरीकरण,
    ग-वातावरण शिक्षाको कमि,
    घ- औद्योगिकरण,
    ङ- बनजङ्गलको विनाश,
    च- बिषाधिजन्य केमिकल औसधिको प्रयोग,
    छ- अबैज्ञानिक कृषि प्रणाली,
    झ- कानुनको अभाव आदि।

    वायुप्रदुषण बाट उत्पन्न हुने समस्याहरु :
    क- जैबिक विविधतामा ह्रास,
    ख-अम्लिय बर्षा
    ग- ओजोन तहको विनाश
    घ-कृषि उत्पादनमा ह्रास
    ङ-बाढी पहिलो अति वृष्टि, अना बृस्टि भुक्षय,
    च- मानिसमा विभिन्न स्वास्थ समस्या आदि ।

    वायु प्रदुषणबाट बच्ने उपायहरू
    क-  नियमित माक्स र चस्माको प्रयोग गर्ने,
    ख- अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने,
    ग- विशेष स्वास्थ मापदण्ड अपनाउने,
    घ- नियमित ब्याम गर्ने,
    च- अत्याधिक प्रदुषण भएको ठाउबाट टाढै रहने,
    छ- प्राथमिक स्वास्थ उपचारहरुको अक्सिजन लगाएतका अन्य उपचारका सामाग्रीको जोहो गर्ने,
    ज- घरमै उत्पादन हुने अर्गानिक खानेकुराहरु प्रयोग गर्ने,
    झ- उमालेको वा शुद्ध गरिएको पानी पिउने आदि।

    प्रदुषित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई स्वच्छ राख्नु आजको आवश्यकता हो ।  राम्रो स्वस्थको।लागि  स्वच्छ वातावारण रहेकाले यसको संरक्षण व्यक्ति, समाज र विश्वले नै सचेत बन्नुपर्ने आवश्यकता रहेको छ ।

    वायु प्रदूषणको असर : देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology