Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वायु प्रदूषणको असर : देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषणको असर : देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

  • 4.2K
    SHARES

  • वायु प्रदूषणको असर : देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

    बुटवल,चैत्र १६-

    नेपालभरका शिक्षण संस्था चार दिन बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हाे । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

    शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको छ ।

    देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको उनीहरुले बताएका छन् । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

    शिक्षण संस्था बन्दको निर्णयअघि मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगतै मन्त्रालयमा बैठक राखेर लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

    अब सबै शिक्षण संस्था अर्को आइतबारमात्र सञ्चालन हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology