बुटवल,असाेज २० ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
आगामी नेतृत्वको लागि आज भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको हो ।एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरु दुबैजना श्रेष्ठ र अर्यालको प्यानलमा थिए । संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)