Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघ : दिनेशप्रसाद श्रेष्ठ प्यानलको उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघ : दिनेशप्रसाद श्रेष्ठ प्यानलको उम्मेदवारी घोषणा

  • 15.0K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघ : दिनेशप्रसाद श्रेष्ठ प्यानलको उम्मेदवारी घोषणा

    बुटवल,असोज ११ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनमा अध्यक्षका लागि दिनेशप्रसाद श्रेष्ठको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

    श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसेन छन् । 

    उनको प्यानलमा आधा दर्जन पुर्वअध्यक्षसहित पुर्वअध्यक्षहरु जीवन ओझा,निर्मल लाकाैल ,नवराज श्रेष्ठ,अर्जुनमान सैँजू,महेशमान सिह, सुरेन्द्र श्रेष्ठ, खेम हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजु लगायतको साथ देखिएको छ ।

    वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्ष विमल भट्टराई श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम संचालन गरेका पुर्वअध्यक्ष सुरेन्द्र श्रेष्ठले उम्मेदवारको ब्यावसायिक र सामाजिक योगदानबारे प्रकाश पारे । बुटवलको ब्यवसायसंगै सामाजिक कार्यमा संघको योगदान समेत उनले बताए ।

    bucci team dinesh.jpg

    कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले आफनो प्रतिवद्धता जनाउँदै बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रिय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउने पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरि जागरण ल्याउने प्रतिबद्धता जनाए ।

    उनले ब्यावसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने, सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, ब्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्यको पहल गर्ने, बैक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग पहल गर्ने बताए ।

    संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology