Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उवासंघ :अर्याल नेतृत्वको प्यानल घरदैलोमा जुट्यो

बुटवल उवासंघ :अर्याल नेतृत्वको प्यानल घरदैलोमा जुट्यो

  • 1.3K
    SHARES

  • बुटवल उवासंघ :अर्याल नेतृत्वको प्यानल घरदैलोमा जुट्यो

    बुटवल, असोज २० ।

    बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनको उद्घाटन सत्र सकिएपछि उम्मेदवारहरू घरदैलोमा जुटेका छन ।

    हरिप्रसाद अर्याल नेतृत्वको टिम व्यवसायीहरूसँग भेटघाट गर्दै मतदाताको घर तथा व्यवसायिक प्रतिष्ठान पुगेका छन् । संघको नयाँ नेतृत्वको लागि चुनाव हुने निश्चित भएपछि प्रचार प्रसार तीब्र बनेको छ ।  अर्याल प्यानलले ‘समृद्ध र गतिशील बुटवलका लागि निर्णय प्रक्रियामा सबैको सहभागिता, नेतृत्वमा समावेशीता’ नारा अघि सारेको छ ।

    व्यवसायीहरूको घरदैलोमा पुग्दा यो पटक हरिप्रसाद अर्याल नेतृत्व टिमलाई बुटवल उद्योग  वाणिज्य संघमा पु¥याउने मतदाताहरूले बताएको उद्योग उपाध्यक्ष पदका उम्मेदवार सुरज भट्टराईले जानकारी दिए । अर्याल नेतृत्वको  समावेशी रहेकोले व्यवसायीका समस्याहरूलाई समाधान गर्न तत्पर भएर लाग्नेमा व्यवसायी आशावादी देखिएको उम्मेदवार भट्टराई जानकारी दिए ।  घरदैलो कार्यक्रममा बोल्दै अर्यालले र्गिदो आर्थिक अवस्थालाई चलाएमान गराउँदै पुरानै अवस्थामा आफूहरूले ल्याउन अर्यालले व्यवसायीसामु प्रतिबद्धता जनाए ।

    अर्याल नेतृत्व टिमले शुक्रबार राजमार्ग चौराहादेखि, अस्पताललाईसम्मका व्यवसायीसँग भेटघाट र घरदैलो गर्दै आफूहरूलाई  मत दिन आग्रह गरेका छन् । 

    अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी छन ।

    यो टिमले ११ बुँदे प्राथमितकता र प्रतिबद्धता अघि सारेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology