Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डले भने -‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’

प्रधानमन्त्री प्रचण्डले भने -‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले भने -‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’

    विराटनगर,भदाै २५ ।

    प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरेका हुन्। ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’प्रचण्डले भने । 

    उनी कोसी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन आएका हुन् । सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, ब्यानर र प्रचार सामग्रीमा ‘कोसी’नाम उल्लेख नगरिकन प्रदेशस्तरीय सन्देशसभा मात्रै लेखिएपछि प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्री सहभागी हुने कार्यक्रम आलोचित बनेको छ। 

    राजनीतिक विश्लेषक गिरिश भट्टराई प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहभागी हुने प्रदेशस्तरीय कार्यक्रमको ब्यानरमा प्रदेशको नाम नराख्नु संविधान नमान्नु सरह भएको बताउँछन्। ‘प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले नामकरण गरिसकेपछि त्यसलाई मान्दिन भनेजस्तो देखिन्छ। आखिर नामकरणमा त प्रधानमन्त्रीकै पार्टीले पनि मतदान गरेको हो नी,’ उनले भने, ‘असहमतिहरुलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै संविधान मान्दिन भन्ने तहमा देखिनु दुःखद् हो। जनताबाट तीव्र आलोचना र विरोध हुँदा पनि नेताहरुले सच्चिने प्रयत्न गरेको देखिँदैन।’ 

    ब्यानरमा प्रदेशको नाम नै नराखिकन सन्देशसभा आयोजना गरिँदा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीको राजनैतिक, नैतिक र कानुनी इमान्दारितामाथि प्रश्न उठेको भट्टराईले बताए। 
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology