बुटवल,वैसाख २९ ।
नेपाल प्रेस युनियन रुपन्देहीको २१ औँ साधारण सभा तथा नवौँ अधिवेशन आज बुटवलमा हुँदैछ । अधिवेशनको अवसरमा युनियन रुपन्देहीले स्थापना गरेको पुरस्कारबाट तीनजना अग्रजलाई सम्मान गरिने छ ।
जिपि कोईराला स्मृति पत्रकारिता पुरस्कार (२०७८) पत्रकार रामराज पाख्रेललाई र (२०७९) भवानीप्रसाद पाण्डेलाई प्रदान हुनेछ भने टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गरिने युनियनले जनाएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरिसंह पुन,युनियनका केन्द्रीय सभापति शिव लम्साल, महासचिव दिलिप पौडेल,केन्द्रिय सदस्य विजय पाेखरेल,फूलु सुनार त्यस्तै युनियन
लगायतका नेताहरु सहभागि हुने युनियन रुपन्देहीका सभापति रेखा भुसालले बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वलाई सर्वसम्मत बनाउने प्रयासका लागि सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा समिति बनाईएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)