बुटवल,वैसाख २६।
नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्ने जिपि कोईराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामराज पाख्रेल र भवानीप्रसाद पाण्डेलाई प्रदान गर्ने भएको छ ।
प्रेस युनियन रुपन्देहीको आईतबार बुटवलमा बसेको कार्यसमिति बैठकले पुरस्कार छनौट समितिले गरेको सिफारिस अनुसार जिपि कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७८ पत्रकार पोख्रेल र २०७९ भवानीप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
काँग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोईरालाको निधनसंगै तत्कालिन युनियन रुपन्देहीका सभापति रामराज पोख्रेल नेतृत्वले यो पुरस्कार स्थापना गरेकाेयो थियाे । पछि यसलाई कोष तथा वितरण मापदण्ड बनाएर व्यवस्थित गरिएको हाे । त्यस्तै टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाल प्रदान गर्ने भएको छ ।
युनियन रुपन्देहीले जिपि कोईराला स्मृति पत्रकारिता छनौटका लागि माधव नेपाल र टोप सुशिला शिक्षा पत्रकारिता पुरस्कार छनौटका लागि छवि पाण्डे संयोजक रहेको समिति गठन गरेको थियो ।
ती समितिले गरेको सिफारिसका आधारमा युनियनले निर्णय गरेको हो । यो दुई वटै पुरस्कार यहि बैशाख २९ गते हुने युनियन रुपन्देहीको जिल्ला अधिवेशनमा वितरण गरिने सभापति रेखा भुसालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)