Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना भाईरसको असर : पोखरामा घट्याे फूलको उत्पादन,रूपन्देहीमा बढ्याे [फाेटाेफिचर]

कोरोना भाईरसको असर : पोखरामा घट्याे फूलको उत्पादन,रूपन्देहीमा बढ्याे [फाेटाेफिचर]

  • 5.6K
    SHARES

  • कोरोना भाईरसको असर : पोखरामा घट्याे फूलको उत्पादन,रूपन्देहीमा बढ्याे [फाेटाेफिचर]

    बुटवल,मंसिर १-

    कोरोना भाईरस [कोभिड–१९ ]को असर फूल खेतीमा पनि परेको छ । पोखरामा यसबर्ष फूलको उत्पादन घटेको हाे  । गत वर्षको भन्दा झण्डै दुई तिहाईले फूलको उत्पादन घटेको हो ।

    गत वर्षको भन्दा करीब ३३ प्रतिशत क्षेत्रमा मात्रै फूल खेती लगाएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । कोरोनाका कारण अघिल्लो वर्ष भन्दा यस वर्ष दुई तिहाईले फूल उत्पादन घटेको उनले बताए  ।

    पोखरामा आवश्यक फूलको ८० प्रतिशत स्थानिय रुपमै उत्पादन हुने गरेको छ । करीब २० प्रतिशत भने भारतबाट आयात हुने गरेको थियो ।phol flower.jpg

    सामान्य फूल उत्पादक किसान मात्र होईन, फ्लोरिकल्चर एशोसियसनकै पदाधिकारीले नै यस वर्ष फूलखेती कम लगाएका छन् । एशोसियसनकी अध्यक्ष सीताकुमारी रानाले यस वर्ष फूलखेती नै नलगाएको बताईन् । तिहारलाई लक्षित गरेर मैले सयपत्री फूल लगाईनँ,‘उनले भनिन्,‘कोरोना महामारीका बेला के चाड, के पर्व ? कसैलेपनि मनाउँदैन होला भनेर मैले फूल नै लगाईन् ।’flower.jpg

    एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वालेपनि यस वर्ष अघिल्लो वर्षको तुलनामा फूलखेती दुई तिहाई घटाएको बताए । अघिल्लो वर्ष ६० हजार बेर्ना लगाएको थिएँ,उनले भने,‘तर यस वर्ष मैले २० हजारपनि बेर्ना लगाईन ।’ कोरोनाले फूल विक्री हुनेरनहुने अन्यौल भएकाले कम फूल लगाएको उनको भनाई छ । फूल उत्पादन गरेर मात्र के गर्नु,उनले भने,‘विक्री नभएपछि खेरमात्र जान्छ भनेर थोरै क्षेत्रमा मात्र लगाएको हुँ ।’thunga.jpg

    फूलखेती नै कम लगाएपछि फूलको उत्पादन घट्ने नै भयो । त्यसको असर भने फूलको मूल्यमा पर्ने भएको छ । फूल उत्पादन घटेपछि मूल्य केहि बढाएको पाइएको हो । अघिल्लो वर्ष फूलको थुङ्गाको मूल्य ५ रुपैयाँ थियो तर अहिले यो वर्ष बढाएर ६ रुपैयाँ पुगेको छ ।

    त्यस्तै मालाको मूल्य अघिल्लो वर्ष १३० देखि १५० थियो । तर यो वर्ष मालाको मूल्य १५० देखि १८० सम्ममा विक्री भइरहेको एशोसियसनकी अध्यक्ष रानाले बताईन् ।

    एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वा भने अघिल्लो वर्षकै मूल्यमा फूलको थुङ्गा र मालाको मूल्यमा बेच्न आग्रह गरेका छन् । कोरोना महामारीका बेला नाफा भन्दापनि सेवा गर्ने उद्धेश्यले मात्र व्यवसाय गर्न आग्रह गर्दै उनले मूल्य नबढाउन व्यवसायीलाई आग्रह गरे । तर ब्यबसायीले उनको कुरा सुनेका छैनन् ।pokhara flower.jpg

    यसअघिका वर्षरुमा एशोसियसनले फूलको थुंगा र मालाको मूल्य तोक्ने गरेको थियो ।  नेपालीको दोश्रो ठूलो चाँड तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने गर्दथ्यो । तर यस वर्ष भने झण्डै दुई तिहाईले माग घट्ने अनुमान गरिएको एशोसियसनले जनाएको छ ।

    यी सबै तस्बीरहरु पाेखराकाे माछापुच्छ्रे गाँउपालिका २ मा गरिएकाे पुष्प खेतीमा पुगेर कपिल  ज्ञवालीले खिचेका हुन्।  flower.jpg

    flowers a.jpg

    रुपन्देहीमा भने पुष्प खेतीले राम्रो आम्दानी : 

    यता रुपन्देहीको तिलोत्तमा ३ मा रहेको क्षितिज नमुना कृषि समुहले यसबर्षको पुष्प खेतीले राम्रो आम्दानी भएको बताएको छ ।ful mala.jpg

    बिगत ३ बर्षदेखि लगातार पुष्प खेती गर्दै आइपनि यसबर्ष राम्रो आम्दानी भएको नमुना कृषि समुहले जनाएको छ । यो १४ कठ्ठामा फु्ल लगाएको र उत्पादन राम्रो भएकाले उत्साहित भएको उनीहरुको भनाइ छ । tihar frame nagarik.png


    ग्राहकहरुले खेतमै पुगेर माला फुल खरिद गर्ने गरेका छन् । प्रती माला १०० देखि १३० सम्म पर्ने गरेको छ । यसबर्ष साढे ३ लाखको कारोबार भएको छ । ११ जनाको समुहमा उनीहरुले खेती गरेका हुन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology