बुटवल,मंसिर १-
‘मेरो पेसामा परिवारसँग बसेर चाडपर्व मनाउने अवसर कमै मात्र मिल्छ,यसपटक झन् अवस्था डरलाग्दो आइदियो, चार महिनादेखी घर जानपाएको छैन ।’उनले सुनाए । जताततै तिहारको माहाल छ । यता उता निकै रमाइलो दृश्य देखिरहेको हुन्छु ।
म अहिले रहेको स्थानमा र मेरो घर करिब ३-४ किलोमिटरको दुरीमा छ तर चार महिनादेखी घर जानपाएको छैन । मेराे घर बुटवलको कालिकानगरमा छ। घरमा मामाहरु आउनुभएको छ ,म बाहेक बुबा,आमा,दिदि,बहिनीसबैको रमाइलो छ । उहाहरुसंग कुराकानी र भिडीयोमा कुरा गर्दछु । सानो बेलाको तिहार सम्झँदा अहिले पनि झन् रमाइलो लाग्छ।
जीवन भोगाइका नमिठा अनुभव सुनाउदै छन् उमेरले २२ बर्षीय जाेशिला र हिम्मतिला युवा भरत जंग क्षेत्री । स्वास्थकर्मी भरत बुटवलका सामाजिक अभियानमा पनि होमिन्छन् । उनी तिनाउ नदी सरसफाइका अभियान्ता पनि हुन् । उनी अहिले बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याव असिस्टेन्स पदमा रहेर काम गरिरहेका छन् ।
उनी भन्छन्, ‘जिम्मेवारी लिएपछि महामारीको बेला चाडबाड भनेर घर जाने कुरै भएन ,यो पटक दशैै तिहार कोरोना आशंकामा स्वाव संकलनमा आउनेहरुको सेवामै बित्यो ।
‘चाडपर्व मनाउने कुनै एउटा समय हुने रहेछ । जिम्मेवारीमा पुगेपछि मनले खोजेपनि बाध्यताले नपाइँदो रहेछ ।’ उनले भाइटीकाकै दिनमा नागरिक अनलाइनसंगको कुराकानीमा सुनाए ।
उनले यो चार महिनाको अवधिमा हजारौ मानिसको स्वाव संकलन गर्ने हिम्मत उठाए । जुन बेला कोरोना नाम सुन्दैमा धेरै मानिस/ स्वास्थ्यकर्मी समेत टाढै भाग्दथे । ‘हजारौँ मानिसको स्वाव संकलन गरेँ,जोखिम मोलेरै काम गरेपनि अहिलेसम्म भने सुरक्षित छु ‘-उनले भने ।
महामारीको समयमा आम मानिस कोरोना भाईरसको संक्रमणबाट वच्नको लागि घर घरमै बस्ने र सुरक्षित बन्नु नै उत्तम हुनेछ । यो महामारीको समयमा भगवान भने पनि जीवनदाता भने पनि सबै स्वास्थकर्मी रहेको उनले बताए ।
स्वास्थ्यकर्मीहरू महामारी शुरू भएयता घर गएका छैनन् । होटलमा बस्ने र अस्पताल जाने उनीहरूको दैनिकी बनेको छ ।
भरतका कुरा उनकै शब्दमा पढौँ :
कोरोनाभाइरस संक्रमण (कोभिड–१९)महामारीका कारण दिदिबहिनीहरु संग रमाइलो अनि खुशी साटासाट गर्न पाइएन । सबैका घरमा रमाइलो छ दाजुभाइ हरु जम्मा भएका छन तर म भने यसपाली फरक किसिमको अनुभव बटुल्न अबसर पाँए ।घरबाहिर भएकाहरु भाइटीका थाप्न गाउँ आइसकेका छन्।
गाउँमा देउसीभैलोको रौनक यसपाली नभए पनि सबैको घरमा पर्व आएपछि खुशी साट्दै रमाइलो भने गरिरहेका छन । महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोनाभाइरसको असरले यो बर्षको पर्वहरु त्रासै त्रासले बित्यो तर कताकता खुशी पनि लाग्छ ।
अहोरात्र कोरोनाभाइस संग लडिरहेर बिरामिहरुको सेवामा समपिर्त हुदा भने दुस्ख यो कारण लाग्छ कि सबैको घरमा दिदिबहिनी अनि दाजुभाइ जम्मा भैरहेका छन बिडम्बना म यसपली बन्चित भए। कोरोना भाइरसले गर्दा चाडपर्व आए जस्तो पनि भएन।
भाइटीकाको दिन पनि त्यो पिपिइ लगाएर बिरामीकाे सेवामा समपिर्त हुन रहर भनौ की बाध्यता ?
भाइटीका दिनको बिहानै नचिनेको नम्बरदेखी फोन आउँछ सर मेरो आमा प्राइभेट अस्पतालमा भर्ना हुनुहुन्छ उहाको आकास्मिक कोभिड १९ पिसिआर जाँच गर्नु पर्यो यति मदत गर्दिनुस न भनिसपछी मैले एउटा मानवीय उत्तरदायित्व र आफ्नो कर्तव्य पूरा गर्दै हुन्छ अहिले ९ बजे ल्याउनुस पैसा तिरेको रसिद लिएर फेभर किलिनिकमा बस्नु भने अनि उठेर अस्पताल गए ।
त्यहा जादा अस्पतालमा भर्ना बाहेक अन्य बिरामिहरु पनि कोभिड १९ जाँच गर्न भनेर बस्नुभएको रैछ सबैला सहयोग गर्ने अबशर मिल्यो त्यसैमा म खुशी रहे ।
एउटा मानवता बचाउन सके रमाइलो गर्ने दिनहरू बाकी नै हुनेछन तसर्थ एउटा स्वास्थ्य कर्मी भैसकेपछी विभिन्न किसिमका समस्या चुनौती हरु पार गर्दै अगि बढ्नु पर्ने रहेछ । सायद सानैदेखि समाज सेवा अर्थात् अरुको सेवामा समपिर्त हुदा खुशी हुने भएर होला आज पनि भाइटिकाको दिन दिदिबहिनी परिबारसंग बस्न नपाएपनी विभिन्न ठाउँ बाट आएका बिरामीहरु संग घुलमिल भएर सेवा गर्न पाउँदा आफ्नै परिबार भएको अनुभुती गरेको छु ।
सामाजिक कार्यमा अग्रसर रहने म आज पनि सेवा गर्न पाउँदा खुशी महसुस गरेको छु ।अझ त्यो भन्दा पनि अहिले महामारीका बेला अग्रपंतिमा रहेर बिरामिहरु को सेवा गर्दाको आनान्द बेग्लै हुदो रहेछ ।
म खुशी छु बिरामीको सेवामा समपिर्त हुदा दुखी यो कारण छु घरपरिवार सबै बिर्सेर आफू जोखिममा बसेर चाडपर्व केही नभनी अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थकर्मीहरु माथी दुव्र्यवहार हुन्छ समाजले हेर्ने दृस्टिकोण फरक हुन्छ यस्तै ब्यबहरले स्वास्थकर्मिहरुको मनोबल कमजोर भएको महसुस मैले गरेको छु ।
यो महामारी को समयमा आम मानिस कोरोना भाईरसको संक्रमणबाट वच्न को लागि घर घरमै बस्न बाध्य भएको विषम परिस्थिति मा ज्यान को बाजि लगाएर अगाडि तम्सेका स्वास्थकर्मीहरुलाई सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीले धन्यवाद र हौसला दिनुपर्छ ।
आम जनजीवन लाई बचाउनको लागि स्वास्थ क्षेत्र मा काम गर्ने सबैको भुमिका अतुलनीय छ सम्मान योग्य छ र गौरव गर्न लायक छ । यो महामारी को समयमा भगवान भने पनि जीवनदाता भने पनि सबै स्वास्थकर्मी हुन्।
अग्रपंक्तिमा खटिएर काम गर्न अबशर दिनुहुने लुम्बिनी प्रादेशिक अस्पताल सम्पुर्ण परिबार प्रती आभार प्रकट गर्न चाहन्छु भने मलाइ अझै धेरै प्रेणा दिने सल्लाह सुझाब अनि हौसला दिनुहुने ल्याब प्रमुख लगायत सम्पूर्ण ल्याब टिम प्रती धन्यवाद साथै आभार व्यक्त गर्दछु।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)