Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकबाट १३ जना सांसद चयन

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकबाट १३ जना सांसद चयन

  • 2.6K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकबाट १३ जना सांसद चयन

    काठमाडौं,मंसिर २४ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।

    प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

    त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए ।

    रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो । तर प्राइमरीमा धेरै मत पाउनेहरु नपरेको भन्दै विरोध भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले प्राइमरीमा धेरै मत पाएकाहरुलाई नै चयन गरेको प्रवक्ता ढकालले बताए ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology