Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारको रोजगार पोर्टल : ‘घरमै बसेर अनलाइन आवेदन भर्नुस् राेजगारी पाउन सहज हुनेछ’

लुम्बिनी प्रदेश सरकारको रोजगार पोर्टल : ‘घरमै बसेर अनलाइन आवेदन भर्नुस् राेजगारी पाउन सहज हुनेछ’

  • 4.0K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको रोजगार पोर्टल : ‘घरमै बसेर अनलाइन आवेदन भर्नुस् राेजगारी पाउन सहज हुनेछ’

    बुटवल, कात्तिक २८-

    लुम्बिनी प्रदेश सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको छ ।  पोर्टलको विकास गरी रोजगारकर्ताहरुलाई रोजगारदातासँग पुर्याउने अनलाइन प्रविधिको सुरुवात गरेको हाे ।

    प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी यस क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्न सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याएको हो । यो प्रविधिको विकासँगै बेरोजगार रहेका कुनै पनि क्षमताका नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्ने छन् भने रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्ने छन् ।

    विहिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रोजगार पोर्टका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले यसलाई नविन स्थापनाको सुरुवातको रुपमा लिइएको बताए ।

    विश्वव्यापी कोरोना महाकारीले स्वदेश फकिएका नागरिकहरुलाई रोजगार सिर्जनाका लागि सरकारले काम गरिरहेको बताउँदै उनले प्रदेशमा आवश्यक जनशक्तिहरुसमेत स्वदेशी जनशक्तिबाटै पूर्ति गर्ने गरी काम गरिरहेको उनले बताए ।kul prasad kc.jpg

    रोजगारदाता र रोजगारको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा ल्याउने गरी ल्याइएको यो प्रविधिको माध्यमबाट रोजगार सिर्जना र जनशक्तिको आपूर्तिलाई एकद्वार प्रणालीमा लैजान सजिलो हुने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले बताए ।

    नागरिकहरुले यस पोर्टलमा गएर आफूले चाहेका रोगार क्षेत्र, आफ्नो क्षमता, सीप तथा ज्ञानका बारेमा खुलाएर आवेदन दिन पाउने छन् ।

    यसैगरी रोजगार दाता कम्पनीहरुले आफ्ना लागि आवश्यक जनशक्ति, सेवा सुविधा लगायतका विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् ।

    www.rojgari.lumbini.gov.np  मा लग इन गरीसकेपछि आफूलाई काम गर्न चाहेको क्षेत्रहरु छनोट गर्नुपर्ने छ ।

    छनोट गरिएको क्षेत्रमा आफूले काम गर्न चाहेको काम, आफ्नो क्षमता तथा काम गरे बापत पाउने पारिश्रमिक समेत उल्लेख गरी आफ्ना सम्पूर्ण सम्पर्क विवरण भर्न सक्ने छन् ।

    गोपनियताका लागि आवेदन कर्ताको मोवाइल नम्बर लगायतका केही जानकारीहरु भने गोप्य नै राखिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology