Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कृषिमा आधारित जनशक्तिलाई बिदेश पलायन हुनबाट रोकाैँ : कृषिमन्त्री भुषाल

कृषिमा आधारित जनशक्तिलाई बिदेश पलायन हुनबाट रोकाैँ : कृषिमन्त्री भुषाल

  • 3.1K
    SHARES

  • कृषिमा आधारित जनशक्तिलाई बिदेश पलायन हुनबाट रोकाैँ : कृषिमन्त्री भुषाल

    बुटवल, कात्तिक २८- 

    कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुषालले कृषकका आधारभूत समस्या समाधान गर्न उनिहरुको न्यूनतम बचत हुने वातावरण सरकारले मिलाउनु पर्ने बताएका छन् ।

    कृषकलाई मासिक रुपमा कम्तिमा पनि ३० देखी ३५ हजार रुपैया सम्मको आम्दानी हुने हो भने कृषिमा आधारित जनशक्तिलाई बिदेश पलायन हुनबाट रोक्न सकिने उनको तर्क रहेको छ ।

    जेसीआई सिद्धार्थले भैरहवामा आयोजना गरेको जेसीज सप्ताहको समापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषकका सोही आधारभूत समस्या समाधानको लागी ऐन, निति नियम परिमार्जनको साथै कृषि गणना र यसको सूचनाको बिकासमा लागेको दावी गरे । 

    उनले यसमा कम्तिमा पनि ३ बर्षको समय लाग्ने बताउदै यो तिन बर्ष नेपाली कृषकहरुलाई धैर्य गरि दिन पनि आग्रह गरे ।उनले कृषि मन्त्तालयमा आउने बित्तिकै यसको नितिगत सुधारको प्रयास थालेको बताए । यस अघि सम्म कृषि अनुदानको दुरुपयोग भएको बताउदै अहिले फिल्डमा देखिने गरि तल्लो तह सम्म साढे ४ अर्व रुपैया पठाईएको बताए ।

    उनले आत्मनिर्भर हुन कृषिमा उत्पादन बढाउनु पर्ने जिकिर गरे । कृषिमा उत्पादन बढाउने बित्तिकै त्यससंग सम्बन्धित उद्योगहरुको आफै बिकास हुने र रोजगारी बढ्दै जाने मन्त्री भुषालको तर्क रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology