Logo बुधवार, श्रावण १३ गते २०८३
images

घरछेउमै स्कुटर सिक्दा दुर्घटना : बुटवल बहुमुखी क्याम्पसका सह-प्रध्यापक डा.शिव पौडेलको निधन

घरछेउमै स्कुटर सिक्दा दुर्घटना : बुटवल बहुमुखी क्याम्पसका सह-प्रध्यापक डा.शिव पौडेलको निधन

  • 13.0K
    SHARES

  • घरछेउमै स्कुटर सिक्दा दुर्घटना : बुटवल बहुमुखी क्याम्पसका सह-प्रध्यापक डा.शिव पौडेलको निधन

    बुटवल,कार्तिक २३- 

    बुटवल बहुमुखी क्यापम्सका सह-प्रध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि निधन भएकाे छ ।

    तिलोत्तमा नगरपालिका वडा नं १ (न्यु लाइट कलेज अगाडी) का स्थायी बासिन्दा पौडेल स्कुटर सिक्ने क्रममा आफ्नै घरको वालमा ठोक्किएर गम्भीर घाइते भएकाे परिवारजनले बताएका छन् ।

    उनले भर्खरै (नयाँ स्कुटर लु ६६ प )  खरिद गरेर सिक्ने क्रममा थिए । घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै पर्खालमा ठोक्किएपछि उनलाइ उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको परिवारका एक सदस्य हरि पाैडेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    असोज १ गतेबाट बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसका अध्यापन गराउँदै आएका थिए ।

    उनी काशी बिश्वबिद्यालय बनारसका नेपाली बिभागका प्रध्यापक समेत हुन् । स्व.पौडेल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लुम्बिनी प्रदेश बिभाग सदस्य समेत हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology