Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थोर्गा-रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा सम्पन्न

थोर्गा-रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा सम्पन्न

  • 2.9K
    SHARES

  • थोर्गा-रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा सम्पन्न

    बुटवल,कार्तिक २२ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजको छैठौं साधारणसभा रुपन्देहीको तिलोत्तमामा  सम्पन्न भएको छ ।कोरोना भाइरस कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गरि न्युन सदस्यहरुको उपस्थितीमा साधारणसभा गरिएको हो ।

    गुल्मीको रूरूक्षेत्र थाेर्गामा जन्मभइ रूपन्देहीमा बिभिन्न कामकाे शिलशिलामा रहने र बसाेबास गर्नेहरूकाे साझा संस्थाको रूपमा समाज परिचित छ ।

    सो अबसरमा बोल्दै समाजका अध्यक्ष मिनप्रसाद पोखरेलले कोरोना कालमा समाजले समाजिक कार्यहरुलाइ तिब्रता दिएको बताउनुभयो ।

    उहाले राहत बितरण,रक्तदान,स्वास्थ्य तथा स्टेशनरी सामाग्री बितरण लगायतका रचनात्मक काम गरिएको बताउनुभयो । कार्यक्रममा संस्थाका निर्बतमान अध्यक्ष रामप्रसाद पोखरेल,ज्ञानप्रसाद ज्ञवालीले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेख र बेसीको रुपमा पुलको काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रम सचिब रामचन्द्र ज्ञवालीको संचालनमा भएको थियो । समाजको २०७६ भदौमा भएको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी २ बर्षका लागि मिनप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology