Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुकुमको हिमालय श्रृंखला युवा क्लवद्वारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग

रुकुमको हिमालय श्रृंखला युवा क्लवद्वारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग

  • 2.4K
    SHARES

  • रुकुमको  हिमालय श्रृंखला युवा क्लवद्वारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक सहयोग

    कौरव खत्री/गुल्मी कार्तिक १४ -

    रुकुमको एक क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई आर्थिक रकम सहयोग  गरिएको छ ।

    श्री हिमालय श्रृंखला चौँरी युवा क्लव पुथा उत्तरगंगा गाँउपालिका ११ शेरा बालुवा रुकुम (पूर्व)द्धारा बागलुङ ढोरपाटन नगरपालिका ९ का बाढी पहिरो पिडितहरुलाई नगद सहयोग रकम बिहिवार हस्तान्तरण गरिएको छ ।

    रकम हस्तान्तरण ढोरपाटन नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा बाढी पहिरो पिडित २२ मृतक घरपरिवारलाई प्रतिघरपरिवार २ हजार, ५सयका दरले र पूर्ण क्षति भएका ७५ घरपरिवारलाई प्रतिघरपरिवार १हजार, ५ सयका दरले  कुल १लाख, ६७ हजार, ५सय रकम हस्तान्तरण गरिएको श्री हिमालय श्रंखला चौँरी युवा क्लवका बरिष्ठ सल्लाहकार आषिश बुढामगरले जानकारी दिए ।

    रकम हस्तान्तरण कार्यक्रममा  क्लवका कोषाध्यक्ष सविन बुढामगर, क्लवका सदस्य शैलेश बुढामगर,विशेष सहयोगी पूर्वी रुकुमका आइटिएफका तेकान्दो  संस्थापक अध्यक्ष विजय पुनमगर लगायतको सहभागिता रहेको थियो ।

    श्री हिमालय श्रंखला चौँरी युवा क्लवको पहलमा संकलन गरिएको कुल १लाख,६८हजार नगद रकम  बाढी पहिरो पिडितहरुलाई वितरण गरिएको पूर्वी रुकुमका आइटिएफका तेक्वान्दो  संस्थापक अध्यक्ष विजय पुनमगरले जानकारी दिए ।

    कार्यक्रम ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षतासँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी भिम कुमार विकले गरेका थिए । help baglung pahiro  (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक १४ २०७७०७:५८:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology