Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसदमा भने- ‘चुनावमा धाँधली भयो’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसदमा भने- ‘चुनावमा धाँधली भयो’

  • 2.3K
    SHARES

  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसदमा भने- ‘चुनावमा धाँधली भयो’

    बुटवल,जेठ ३ ।

    एमालेले ९ महिनापछि संसद अवराेध हटाएको छ । स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ ।

    मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए ।

    ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उनले भने, ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’

    एमालेविरुद्ध लागेको गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको बताएका उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology