Logo बिहिवार, आश्विन १ गते २०८३
images

होम आइसोलेसनमा मृत्यु भएमा संक्रमितकाे शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

होम आइसोलेसनमा मृत्यु भएमा संक्रमितकाे शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

  • 3.5K
    SHARES

  • होम आइसोलेसनमा मृत्यु भएमा संक्रमितकाे शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने

    बुटवल,कार्तिक २- 

    काेराेना संक्रमितकाे होम आइसोलेसनमा मृत्यु भएमा शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो ।

    नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।

    तर शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ । पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।

    यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology