Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या १ सय २२ पुग्याे,रुपन्देहीमा ४८काे मृत्यु

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या १ सय २२ पुग्याे,रुपन्देहीमा ४८काे मृत्यु

  • 2.8K
    SHARES

  • लुम्बिनी प्रदेशमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या १ सय २२ पुग्याे,रुपन्देहीमा ४८काे मृत्यु

    बुटवल,कार्तिक २-

    लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहानसम्ममा मृत्यु हुनेको संख्या १ सय २२ पुगेकाे जनाएकाे हाे ।  

    लुम्बिनी प्रदेशमा ११ हजार १७ जनाले काेराेना जितेर निकाे भएका छन् । अहिलेसम्म १५ हजार ४१७ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे तथ्यांक छ । आइसियू/भेन्टिलेटरमा ५४ जनाकाे उपचार भैरहेकाे छ ।

    आइतबार बिहान  भेरी अस्पताल नेपालगन्जमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा ११ दिनसम्म उपचार भएकोमा निको नभएपछि २७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

    आईसीयूमा भेन्टिलेटरको सहायतामा  प्लाज्मा थेरापीबाट समेत उपचार गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

    कोरोनासँगै ती पुरुषमा डेंगुको संक्रमण समेत रहेको श्रेष्ठले बताए । योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

    यता शनिबार बेलुका बुटवल कोरोना बिशेष अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु  भएको हो ।

    असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

    उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । मृतकमा कुनै दीर्घ रोग नरहेको डा.गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितको मृत्यु हुने संख्या ४८ पुगेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बेलुका ८:३० मा गरेकाे अपडेट :update_1.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology