Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा,बिमा गरेकाे भए परीक्षण र उपचार खर्च साेहि रकमबाट काटिने !

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा,बिमा गरेकाे भए परीक्षण र उपचार खर्च साेहि रकमबाट काटिने !

  • 5.0K
    SHARES

  • अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा,बिमा गरेकाे भए परीक्षण र उपचार खर्च साेहि रकमबाट काटिने !

    बुटवल,कार्तिक २-

    आम नागरिकले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी,सरसफाइ कर्मचारी,सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ’ गौतमले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology