Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १२ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ७३९ पुग्यो

थप १२ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ७३९ पुग्यो

  • 2.1K
    SHARES

  • थप १२ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ७३९ पुग्यो

    बुटवल,कार्तिक २-

    नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ। 

    हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

    हालसम्म १२  लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण भएको छ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंमा १४६९ जना, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    देशमा कुल संक्रमितमध्ये ६९.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८३१ छ।

    लुम्बिनी प्रदेशमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या १ सय २२ पुग्याे,रुपन्देहीमा ४८काे मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology