बिनोद घिमिरे
‘२८ कात्तिक २०५७’ गतेका दिन श्यामनाथ कश्यप घिमिरे बेलुकाको खाना खाँदै हुनुहुन्थ्यो । बुवालाई जुठै हात जुठै मुख अपहरण गरि लैजाँदा हामी परिवारका सबैजना भावविह्वल भयौं । म कक्षा ९ मा पढ्दै थिएँ । अर्धवार्षिक परिक्षाको आईरहेको थियो, मलाई मेरो पढाई भन्दा पनि बुवाको सम्झाना आईरह्यो ।
मेरो मनमा बुवालाई अपहरण गरेको क्षण छचल्कीरह्यो । नेपाली काँग्रेसको १० औं महाधिवेशन अन्तरगत पार्टीको स्थानीय निकायको अधिवेशनको अघिल्लो दिन छापामार शैलीमा बुवाको अपहरण भएको थियो । आज ठिक २१ वर्ष पुगेछ । तर मानसपटलमा त्यो घटना ताजै छ ।
नितान्त काँग्रेस पार्टीको इमान्दार नेता भए वापत बन्दी साटासाट गर्ने राजनितिक आशयका साथ अपहरण भएको बुझियो । ४४ दिनको कठोर राजनैतिक बन्दी जिवन व्यतित गरेर १० पुस २०५७ मा अपहरण मुक्त हुनुभयो । हाल :सन्धिखर्क नगारपालिका उपमेयर ठाकुरकुमार बि।कको जेलबाट रिहा भएपछि अपहरण मुक्त हुँदाको त्यो दिन म कसरी बुवालाई झम्टिन पुगे कति बेला कसरी आँसु खसे पत्तै भएन । तर त्यो पिडाले मलाई समेत राजनीतिमा होमिन प्रश्रय गर्यो ।
नेपालको राजनैतिक परिवर्तनलाई विष्लेषण गर्दा २००७ सालको क्रान्तिपछि विभिन्न आन्दोलन भए । ००७, ०१७, ०१९, ०३६ र ०४६ सालको जनआन्दोलनको जगबाट नै आज देश संघीय बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । अर्घाखांची जिल्ला २०४६ सालको जनआन्दोलन पछी काँग्रेस गढको रुपमा नै स्थापित भयो ।
सुरुवातका राज्यका सबै खाले निर्वाचनमा कांग्रेस अग्रणी रह्यो । नेता, कार्यकर्ताको अक्षुण एकता, सांगठनिक लगाब, अनुशासन र नेता कार्यकर्तामा पार्टीद्वारा देखाइने गरेको मुल्यांकनका कारण पार्टीको साख उच्च रहेको कार्यकर्ता पङ्तीमा आभाष भएकै कारण काँग्रेस बलियो जनाधार भएको पार्टीको रुपमा जिल्लामा स्थापित छ ।
२०४६ सालको जनआन्दोलन र माओवादी सशस्त्र बिद्रोहपछी पार्टीका लागि जिवन उत्सर्ग गर्नु हुने आदरर्णीय नेताहरु, परिवार र राजनैतिक बन्दीका रुपमा अपहरित भई ४४ दिन लामो बन्दी जीवन व्यतित गरी मुक्त हुनु भएका जिउँदो सहिद सावित हुनुभएका बुवा र तात्कालिन समयमा समेत पार्टीको नीति, सिद्धान्तमा अडिग रहि काँग्रेस भएकै कारण आफ्नो ज्यान समेत गुमाउने अग्रज प्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरु प्रती नेपाली काँग्रेस अर्घाखाँचीले कस्तो मुल्यांकन गरेको छ वा गर्नेछ रु भन्ने बिषय आसन्न १४ औं अधिवेशनबाट पनि स्पष्ट होला यद्यपि पार्टीका लागि जीवन उत्सर्ग गर्ने नेता तथा कार्यकर्ताको योगदानको पार्टीले सम्मान, कदर गर्नु नै आउने पिढीका लागी प्रेरणा बन्न सक्छ ।
सांघातिक आक्रमण बाट मरणासन्न अवस्था हुँदै ४४ दिने कठोर बन्दी जिवन व्यतित जस्ता संघर्षरत राजनैतिक यात्रा गर्नुभएका कश्यपलाई केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित गराउँन अपरिहार्य रहेको कुरा अर्घाखाँची काङ्ग्रेसका बुद्दिजिबी नेतृत्वहरुले प्रतिक्रिया दिएका छन् ।
जय नेपाल ! २८ कात्तिक २०७८
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)