Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीमा साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने

अर्घाखाँचीमा साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने

  • 3.5K
    SHARES

  • अर्घाखाँचीमा साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने

    बुटवल,साउन १५ -

    अर्घाखाँचीमा साउन १६ देखि पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पुर्णकालिन निशेधाज्ञा गर्ने भएको हो ।

     शनिबार राती १२ बजेबाट लागु हुनेगरी ३० गतेसम्म पुर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसी को बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ ।

    अर्घाखाँचीमा अहिले सम्म ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । कोभिडका २६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् । गत  साउन ३० मासक्रिय संक्रमित १८९ रहेको थियो ।

    स्वास्थ्य मापदण्ड पालना नहुनु लगायतका कारण कोरोना संक्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।

    आजभन्दा एक हप्ता अघि ६ जना विरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकोमा आज बुधबार सम्म २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भैरहेको डाक्टर कपिल गौतमको भनाई छ । अस्पातलमा बिरामी राख्ने समस्या समेत सृजना भएको छ ।

    अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला जोखिम क्षेत्रमा परेका छन्।

    जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology