Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु

  • 3.9K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु

    बुटवल,साउन १०-

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत रुपन्देहीका २ ,गुल्मीका २ र १ जना प्यूठानकागरी पाँच जना संक्रमितको मृत्यु भएको हो ।

    १८ घण्टाको अवधिमा मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला,बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सुमारानी–२ की ६३ वर्षीय महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    उनीहरु असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको हाे ।

    5 death.jpg

    रूपन्देहीमा बिगत २४ घण्टामा २६ जना संक्रमित थपिए :

    रूपन्देहीमा बिगत २४ घण्टामा २६ जना संक्रमित थपिएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

    data covid.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology