Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी फुटबल क्लवद्वारा नेपाल सुपर लिगको उपाधि जित्ने दाबि

लुम्बिनी फुटबल क्लवद्वारा नेपाल सुपर लिगको उपाधि जित्ने दाबि

  • 2.7K
    SHARES

  • लुम्बिनी फुटबल क्लवद्वारा नेपाल सुपर लिगको उपाधि जित्ने दाबि

    बुटवल,बैसाख ६-

    काठमाडौँमा हुने नेपाल सुपर लिगको उपाधि लुम्बिनी फुटबल क्लवले जित्ने दाबी गरेको छ ।  लुम्बिनी फुटबल क्लब बीएलएफसीले नेपाल सुपर लिगका लागि आफ्नो सबै तयारी पुरा भएको जनाएको छ ।

    सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा प्रतियोगिताका लागि आफ्नो क्लवले सबै प्रकारको तयारी गरेको र शसक्त दाबेदार भएको समेत दाबी गरेको छ ।

    नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालीले यही बैशाख ११ गते आयोजना गर्न लागेको नेपाल सुपर लिगमा सात वटा क्लव सहभागि हुने छन् ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टिम कोच, टिम म्यानेजर,मार्की प्लेयर लगायतका सबै खेलाडीहरु छनौटको काम सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    पत्रकार सम्मेलनमा क्लबका संचालकहरुले बुटवल फुटवल क्लब कुनै व्यवसायिक घराना वा समुहको नभै लुम्बिनी प्रदेशका खेलप्रेमी जनसमुदायको संयुक्त क्लव रहेको दाबी गरे ।

    नेपालमै पहिलो पटक हुन लागेको फ्रन्चाइज लिग व्यवासायिक खेलकुदको प्रवद्र्धनमा हातेमालो गर्न लुम्बिनी प्रदेशमा स्थापित उद्योग प्रतिष्ठानहरुलाई क्लबले आग्रह पनि गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology