Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघमा भोली मतदान : अध्यक्षका लागि कसजू र अर्याल मैदानमा,महासचिवमा भने भट्टराई बिजयी [नामावलीसहित]

बुटवल उद्योग बाणिज्य संघमा भोली मतदान : अध्यक्षका लागि कसजू र अर्याल मैदानमा,महासचिवमा भने भट्टराई बिजयी [नामावलीसहित]

  • 5.5K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघमा भोली मतदान : अध्यक्षका लागि कसजू  र अर्याल मैदानमा,महासचिवमा भने भट्टराई बिजयी [नामावलीसहित]

    बुटवल,फागुन १२- 

    बुटवल उद्योग बाणिज्य संघमा भोली मतदान हुने भएको छ । अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् ।

    संघको २४ औं महाधिवेशन शुरु भएपनि मतदान भने बिहिबार बिहान ८ बजेबाट शुरु हुने छ । संघमा १६१३ जना मतदाता छन् । निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा  दिनेशप्रसाद श्रेष्ठ,उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे,बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र  महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।

    एशोसियट सदस्यमा आनन्दप्रसाद वझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल बिजयी भए भने ४ जना रहने उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र  संजय कलवार जयसवाल बिजयी भए । पुरुषोत्तमभक्त प्रधानाङ्गले उम्मेद्वारी फिर्ता लिए ।

    संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको हाे तर अहिले सचिवमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुली ३ जनामात्रै मैदानमा छन् । बसन्तप्रसाद ढकाल

    खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो ।

    त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संघको २४ औं अधिवेशन अन्तरगत यहि फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार हिजो मंगलबार उम्मेदवारी मनोनयन भएको हो भने भोली १३ गते बिहिबार मतदान हुने खुल्ला सदस्य पदमा उठेका मोह्मद जमिल खानले नागरिक अनलाइनलाई बताए ।

    यी समाचारहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology