बुटवल,फागुन १ -
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा आज विशाल जनसभासहित शक्ति प्रदर्शन गर्यो । बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।
शनिवारको सभाले नेकपा ओली समूहलाई आफूहरू शक्तिशाली भएको आशाष दिलायाे भने उनीहरुमा थप हौसला थप्याे ।
बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकता र बस्न पनि सकसै भयाे । मैदान खचाखच थियाे,छेउछाउका सडक पनि भरिभराउ ।
नेकपाले २ लाख मानिस उतार्ने दाबि गरेको थियाे । 
सभालाई सम्बाेधनको शुरुवातमै ओलीले भने, ‘सभा कस्तो हुन्छ ,कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् ? पार्टी छाडेर जानेहरू हेर्नुहोस् ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले जनताकाे खचाखच देखेपछि आफूहरु जनताबाट अनुमाेदन भएको दाबि गरे ।
यी खबरहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)