Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाले बहुमत ल्याएर थप एक कार्यकाल ओलीले मुलुकको नेतृत्व गर्नुपर्छ : महासचिव विष्णु पौडेल

नेकपाले बहुमत ल्याएर थप एक कार्यकाल ओलीले मुलुकको नेतृत्व गर्नुपर्छ : महासचिव विष्णु पौडेल

  • 3.4K
    SHARES

  • नेकपाले बहुमत ल्याएर थप एक कार्यकाल ओलीले मुलुकको नेतृत्व गर्नुपर्छ : महासचिव विष्णु पौडेल

    बुटवल,फागुन १ - 

    नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने बताएका छन् । आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने उनले दावी गरे ।

    बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै पौडेलले भने, ‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ । हामी सबैले उहाँलाई २७ गतेको निर्वाचनपछि पनि एकपटक नेतृत्व गर्न आग्रह गर्नुपर्ने स्थिति देखा परेको छ ।’

    वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने पौडेलले दावी गरे । पार्टीको आधिकारिकता र चुनावचिन्हका बारेमा भ्रम छर्न कोशिष भइरहेको उनले बताए ।

    ‘यहाँहरुको आँखामा आँखामा जोडेर भन्न चाहन्छु नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहनेछ, आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस,’ पौडेलले भने ।

    दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उनले जनसभाबाट फर्केपछि गाउँ–गाउँमा टोलटोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिए ।butwal jana savanekapa.jpg

    ‘नेकपा विभाजित भएको छैन, विभाजित हुने छैन,’ उनले भने, ‘सच्चा र इमान्दार नेकपाका योद्धाहरुले विभाजन हुन दिने छैनन् । केही स्वार्थी तत्वहरु किनारा लाग्नेछन् ।’

    ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा जनता र प्रतिपक्षी दलले समेत साथ दिएको तर, पार्टीभित्रैकै समूहले सरकार ढाल्ने षडयन्त्र रचेको उनले आरोप लगाए ।

    ‘ओलीले नै संविधान निर्माणको अगूवाई गर्नुभयो, उहाँको नेतृत्वको सरकारले ऐतिहासिक र किर्तिमानी काम गरेकोछ, ’ उनले भने, ‘पार्टीभित्रका दाउपेच र षडयन्त्रका बाबजुद सरकार अगाडि बढेको छ । अब हामी राजनीतिक स्थायित्व सुनिश्चित गर्नु छ र मुलुकलाई समृद्धितर्फ लैजानुछ । ओलीको नेतृत्वमा समाजवाद स्थापना गरेरै छाड्नेछौं ।’

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology