चितवन,माघ २२-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका कारण चितवनकाे जनजीवन प्रभावित भएकाे छ ।बन्दकाे अबज्ञा गरेकाे भन्दै बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन् ।
भरतपुर,चाैबिसकाेटी,पूलचाेक,कालिकाचाेक,साैराहा,काठमाडाैँ जाने बसपार्कमा पनि प्रदर्शनकारीले सडकमा अबराेध गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।
यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
आज बिहानैबाट सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
यी खबरहरु पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)