बुटवल,माघ २२-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घोषणा गरेको आमहड्तालको प्रभाव बिहानैदेखि परेको छ ।
लुम्बिनी प्रदेशको बुटवलमा सडकमा सवारीहरु फाट्ट फुट्ट मात्रै देखिएका छन् । बुटवलको राजमार्ग चाैराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटाे बन्द गराइएको छ । यता आइसिआइ पथ मिलनचाेकमा भने २ वटा ट्रक राखेर बाटाे अबरुद्ध गरिएकाे छ ।
प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
प्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर बितर बनाउन हिडीरहेको छ ।
बुधबार अबेर गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । तर सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन् ।
बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौमा ६० जनालाइ पक्राउ गरेको छ । भने बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ ।प्रचण्ड–माधव समुहको बन्दका कारण सर्वसाधारण भने मारमा परेका छन् ।



यी खबरहरु पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)