Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेतृ अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्ता पक्राउ !

नेतृ अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्ता पक्राउ !

  • 3.0K
    SHARES

  • नेतृ अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्ता पक्राउ !

    बुटवल,माघ २२-

    काठमाडाैँ कलंकी क्षेत्रबाट नेकपा नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

    यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

    बन्दकर्ताद्वारा काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology