Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर

कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर

  • 2.7K
    SHARES

  • कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर

    बुटवल,माघ ८ -

    नेपाली कांग्रेसले बुटवलमा बिरोध प्रदर्शन गरेको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर सहित कांग्रेसले देशभर बिभिन्न चरणमा बिरोध प्रदर्शन गरेको हो ।

    बुटवलको ट्राफिकचोकमा आयोजित बिरोधसभालाई नेपाली काँग्रेसका युवा नेता केन्द्रिय सदस्य गगन थापाले शुभारम्भ गरेका छन् । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विहिबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् ।

    थापाले वर्तमान सरकारले गत पुस ५ गते गरेको संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक मात्रै नभई, अनाधिकृत भएको टिप्पणी गरे ।

    नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली प्रदेश सांसद पुष्पा थरुनी,कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक,क्षेत्रीय सभापति हरि लम्साल,युवराज गिरि,नेताहरु जितबहादुर मल्ल लगायतले बाेल्दै नेकपा सरकारले जनमतको अपमान गरेको ठहर गरेका छन् । साे कार्यक्रमको संचालन नगर सचिब ज्योति भण्डारीले गरेका थिए ।

    देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना भएको कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य समेत भनेको छ ।

    यी खबर पनि पढाैँ :-

    कांग्रेसले आज देशभरका ६७४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै,बुटवलमा गगनको सम्बोधन 

    प्रधानमन्त्रीलाई गगनकाे सुझाव :‘बहुमतकाे सरकार चलाउन नसकेपछि पद छाडेर घर जाने हाेइन भने वन जाने ’!

    कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर

    नेकपा छाड्दै कांग्रेस प्रबेश गर्नेको लहर,गगनले बुटवलमा भित्राए नेकपाका चर्चित अनुहार !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ ८ २०७७०४:५८:००

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology