Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसले आज देशभरका ६७४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै,बुटवलमा गगनको सम्बोधन

कांग्रेसले आज देशभरका ६७४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै,बुटवलमा गगनको सम्बोधन

  • 4.0K
    SHARES

  • कांग्रेसले आज देशभरका ६७४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै,बुटवलमा गगनको सम्बोधन

    बुटवल,माघ ८ -

    संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर आज वडास्तरिय बिराेध प्रदर्शन गर्दैछ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

    अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।Fnj-Nepal-ktm.jpeg

    यता बुटवलको ट्राफिकचोकमा दिउसो २ बजे हुने बिरोधसभालाई सम्बोधन गर्न काँग्रेस युवा नेता गगन थापा आउँदैछन् ।

    कार्यक्रमको सबै तयारी पूरा भएको काँग्रेस नगर सभापति खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ बताए ।  सो कार्यक्रममा ब्यापक सहभागिता जनाउन सबैलाइ आग्रह गरिएको नगर सचिब ज्योति भण्डारीले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology