बुटवल,माघ ८ -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पुस ५ गते गरेको संसद् विघटन असंवैधानिक,अलोकतान्त्रिक र अनाधिकृत भएको टिप्पणी गरेका छन् ।
उनले संविधानमा हुँदै नभएको संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा गरेकाे बताए । तर याे याेजना ओलीले बिगत २-३ बर्षदेखि नै बनाएकाे उनको आशंका छ ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै थापाले नशाको लठ्ठीको बेला संविधान नलेखिएको भन्दै, बहुमतको सरकारले संसद् विघटन गर्न पाउने भनेर वुँदा उल्लेख नगरिएको वताए ।
संसद् विघटन कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएको वताउँदै सिंगो नेकपा पार्टी नै दोषी भएको वताए ।
संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको र वहस पनि जारी रहेकाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नेता थापाले भने-‘श्रीमान् संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक विधि विपरित भयो भन्ने मुद्धामा वहस भैरहेकाले वाहिरी भाषण तथा वन्द कोठा भित्रको खासखुसले विचलित नभई, धर्म, न्याय र विवेक पुयाई वक्सियोस् ।’आफुले अदालतको पूर्ण भरोसा विश्वास राखेको वताउदै,ढिला नगरी चाडै फैसला गर्न आग्रह गरे ।
नेता थापाले प्रधानमन्त्रीसँग योग्यता नभएको अहंकार मात्र रहेको बताउदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओलीको फोटोकपि भएको टीप्पणी गरे ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले कोरोना महामारीमा भारतले कालापानीमा बदमासी गर्दा सिंङ्गो संसदले एकमतले प्रधानमन्त्रीलाई दाबी सहित नक्सा सार्वजानिक गर्न निर्देशन दिएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यतिबेला कागजी नक्साले केहि गर्दैन भन्दै भूमि फिर्ता ल्याउने गफ दिएको बताए ।
यी खबर पनि पढाैँ :-
कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर
नेकपा छाड्दै कांग्रेस प्रबेश गर्नेको लहर,गगनले बुटवलमा भित्राए नेकपाका चर्चित अनुहार !
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)