बुटवल,माघ ९-
देशभर कांग्रेसका बिरोध प्रदर्शनहरु भैरहदा पार्टी प्रबेशको क्रम पनि बढ्दै गएको छ । केहिदिन अघि बुटवल ११ नेकपाका नेता जितबहादुर मल्ल सहित करिब ३ सय जना कांग्रेसमा प्रबेश गरेका थिए भने बुटवलमा बिहिबार भएको कार्यक्रममा पनि नेकपा परित्याग गर्नेको भीड लागेको थियाे ।
बुटवल वार्ड न. ५ बाट नेकपाका उर्जाशील ब्यक्तित्वहरु हाजि याकुब खान, हाजी अहमद अलि मिया,हाजी मनि उल्लाह मिया,हाजी मोहम्मद अलि मिया,हाजी अकबर खान,हाजी रहमतुल्लाह मिया,हजरत अलि मिया,जलिल मिया,जनुर दिन वार्सी तथा जमाल खान नेकपा परित्याग गरि नेपाली काङ्रेसमा प्रबेश गरेका हुन् ।
आउदा दिनमा वार्ड न.५ चार तारे झन्डामय हुने युबा नेता जमिल खानले जानकारी दिए । उनीहरुलाइ गगन थापाले पार्टी प्रबेश गराएका हुन ।उनीहरुले अबको चुनावबाट नेपालमा नेकपा सकिने दाबि गर्दै संविधान,लाेकतन्त्र र देश जाेगाउन कांग्रेसको झण्डामुनी बसेर काम गर्ने बताए ।
यी खबर पनि पढाैँ :-
प्रधानमन्त्रीलाई गगनकाे सुझाव :‘बहुमतकाे सरकार चलाउन नसकेपछि पद छाडेर घर जाने हाेइन भने वन जाने ’!
कांग्रेसद्वारा बुटवलमा बिरोधसभा,सरकारले जनमतको अपमान गरेको नेताहरूको ठहर
नेकपा छाड्दै कांग्रेस प्रबेश गर्नेको लहर,गगनले बुटवलमा भित्राए नेकपाका चर्चित अनुहार !
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)