बुटवल,कार्तिक ८-
बुटवलका एक बालक दुईदिनदेखि बेपत्ता भएका छन् ।
बुटवल ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर माविको खेल मैदानमा गएको र घर नफर्केको आमा राधा तिवारीले बताईन् ।
‘घरबाट खेल्न भनेर साथीहरूसंग गएकाे हाे,हिजाे नफर्केपछि हामी निकै चिन्तामा छाैं,रातभर खाेज्याैँ कही फेला परेन’-राधाले नागरिक अनलाइनसंग भनिन् ।
बालक बेपत्ता भएपछि परिवारजनमा दशैँकाे मुखमा चिन्ता थपिएकाे छ ।
बुटवल प्रहरीले खोजिकार्य जारि राखेको जनाएको छ । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन्। खाेजी गरिदिन परिवारजनले अपील गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)