बुटवल,भदाै १७ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा सल्लाहकार समिति चयन भएको छ । सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका हुन् । शनिबार बसको बैठकले १०७ जनालाई सल्लाहकार चयन गरेको हो। यसरी चयन हुनेमा समितिमा हाल संघीय सासद डा.चन्द्र भण्डारीदेखि लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमाल सम्म रहेका छन्।
पार्टीका पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको हो। सभापति पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताए ।
उनले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्वप्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसका आधारमा मनोनयन गरिएको बताए । विभिन्न जिल्लावाट १०७ जना लाई सल्लाहकार चयन गरिएको छ ।
हेर्नुस् सूची :


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)