Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी दिन सकिने

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी दिन सकिने

  • 1.4K
    SHARES

  • उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी दिन सकिने

    काठमाडौँ, चैत २१ ।

    निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । 

    आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । 

    चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र  उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

    उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने निर्वाचन आयोगको तयारी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology