Logo मंगलवार, श्रावण १२ गते २०८३
images

त्रिविका पदाधिकारीले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षकत्वमा बन्धक बनाए

त्रिविका पदाधिकारीले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षकत्वमा बन्धक बनाए

  • 1.8K
    SHARES

  • त्रिविका पदाधिकारीले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षकत्वमा बन्धक बनाए

    बुटवल,भदौ १४ ।

    प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले विश्वविद्यालयहरूको स्वायत्तता र शैक्षिक गुणस्तर साथसाथै लैजानु पर्ने बताएको छ ।
    नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले विश्वविद्यालयहरूलाई आफ्नै लयमा अगाडी बढाउनुपर्नेमा अडान राख्दै आएको छ ।

    प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमल्सीना र महासचिव राजेन्द्र गौतमले संयुक्त रुपमा विज्ञप्ती जारी गरी विश्वविद्यालय सुधारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा माग गरेका छन् ।

    विज्ञप्ती :

    ज14.jpg

    त्रिभुवन विश्वविद्यालय देशको उच्च शिक्षा प्रदान गर्ने सबैभन्दा पुरानो, ठूलो र प्रतिष्ठित प्राज्ञिक संस्था हो। प्राज्ञिक संस्थाका गतिविधि शैक्षिक एवं प्राज्ञिक मूल्य मान्यताका आधारमा हुनुपर्नेमा हामी दृढ छौ । तर त्रिभुवन विश्वविद्यालयका वर्तमान पदाधिकारीहरूले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षकत्वमा बन्धक बनाएका छन्। विश्वविद्यालयका कुनैपनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित छैनन्।

    विश्वविद्यालयको नेतृत्व नीतिगत भ्रष्टाचारलाई बढावा दिंदै अपारदर्शी रूपमा सञ्चालित छ । शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालय सभाले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने, परीक्षालाई व्यवस्थित गर्नुपर्ने, केही महिनाअघि भएका परीक्षाका लापरबाहीको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, व्यवस्थापन संकायको परीक्षाको लापरबाहीको स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने जस्ता ज्वलन्त समस्या समाधान गर्न त्रिवि नेतृत्व असफल भएको छ।

    यस्तै पेसागत समूहले अघि सारेका मागहरूलाई बेवास्ता गर्नु त वर्तमान पदाधिकारीको पहिचान नै बनेको छ। अतः आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न बारम्बार वक्तव्यबाजी गर्ने अनि शैक्षिक सुधारमा सिन्को नभाँच्ने कार्यले पदाधिकारीहरू पूर्ण रूपमा असफल भएको प्रमाणित भएको छ।

    नेपालको जेठो तथा सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयका भौतिक, प्रशासनिक, प्राज्ञिक लगायतका विषयमा सुधार गर्न प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालय एवं नेपाल सरकारलाई बुझाएको ३३ बुंदे मागहरूलाई वर्तमान पदाधिकारीहरूले नजरअन्दाज गरेको हुंदा अहिले यो अवस्था उत्पन्न भएको हो।

    त्रिविका पदाधिकारीहरूको अदूरदर्शिता, अक्षमता एवं अकर्मण्यताका कारण पदाधिकारीहरू सम्पूर्णरूपमा अयोग्य प्रमाणित भएका छन् ।जसको असर विश्वविद्यालयमा परिरहेको छ। परिणामतः शैक्षिक केन्द्रमा मुठभेडको अवस्था सिर्जना भएको छ। सोही कारण विश्वविद्यालय इतिहासको गम्भीर मोडमा पुगेको छ।

    देशलाई नैतिकता तथा प्राज्ञिक मर्यादा सिकाउने सरस्वतीको मन्दिरमा यस प्रकारको स्थितिको सिर्जना हुनु दुःखद हो। त्यसैगरी परीक्षाजस्तो संवेदनशील विषयमा भएको गल्तीलाई ढाकछोप गर्न र दोषीलाई उन्मुक्त दिन पदाधिकारीले गरेका क्रियाकलाप निन्दनीय छन्।विश्वविद्यालयलाई संकटमा पारेर वक्तव्यबाजीमा उत्रिनु र आफ्नो कमजोरीलाई ढाक्न अन्यत्र हिलो छ्याप्नु मात्रै हो। तसर्थ यस्ता हर्कतहरू छिटोभन्दा छिटो अन्त्य गरी विश्वविद्यालय आफ्नैै लयमा अघि बढाउने वातावरण सिर्जना गर्न प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल त्रिभुवन विश्वविद्यालयसंग जोडदार माग गर्दछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology