Logo मंगलवार, श्रावण १२ गते २०८३
images

साउने छेस्का : वाह ! साउन...

साउने छेस्का : वाह ! साउन...

  • 2.5K
    SHARES

  • साउने छेस्का : वाह ! साउन...

    -दीपक ढकाल ‘दीकल’

    वाह ! साउन
    कसौडिको खीर खाने बनायौ, खोसेर पोलेको मासुको तीर,

    अर्कोतिर, साउनको पनि जोडेर खालान् भन्ने भदौलाई पीर।
    के गर्नु हजुर, असोजमा भगवानको नाममा भकाभक ढाल्छ ।
    क्या ! बाठो छ मान्छे,
    कार्तिकमा कुखुरा ,खसी छोडेर,काग कुकुरको पूजा गरिहाल्छ।
    ...............

    साउनको हरियो रङ्ग र चुरा भन्दा त हरियो पारीयो खानु नै बेस।
    क्या दामी भदौ, तीजको रातोले त गराउँछ माईती चेलीको भेट।

    भड्किलो,खर्चिलो पहेली पार्वतीको उखरमाउलो चालढालले,
    विचरा महादेवले, भदौमा बेच्न नपरोस् भएको आधाकठ्ठा खेत ।
    .........

    खै चाडपर्वले के के गरायो , मौलिकता त स्वात्तै हरायो ,
    सामाजिक प्राणी मानिसलाई पनि खास्साको व्यापारी बनायो।

    कतै निधार, कतै गोडा,आफन्तलाई नि बेच्ने कारोवारी बनायो,
    मनमा बस्ने भगवानलाई आलिसान मन्दिरमा विस्थापित गरायो।।

    हेटौडा -११, हाल, बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology