-दीपक ढकाल ‘दीकल’
वाह ! साउन
कसौडिको खीर खाने बनायौ, खोसेर पोलेको मासुको तीर,
अर्कोतिर, साउनको पनि जोडेर खालान् भन्ने भदौलाई पीर।
के गर्नु हजुर, असोजमा भगवानको नाममा भकाभक ढाल्छ ।
क्या ! बाठो छ मान्छे,
कार्तिकमा कुखुरा ,खसी छोडेर,काग कुकुरको पूजा गरिहाल्छ।
...............
साउनको हरियो रङ्ग र चुरा भन्दा त हरियो पारीयो खानु नै बेस।
क्या दामी भदौ, तीजको रातोले त गराउँछ माईती चेलीको भेट।
भड्किलो,खर्चिलो पहेली पार्वतीको उखरमाउलो चालढालले,
विचरा महादेवले, भदौमा बेच्न नपरोस् भएको आधाकठ्ठा खेत ।
.........
खै चाडपर्वले के के गरायो , मौलिकता त स्वात्तै हरायो ,
सामाजिक प्राणी मानिसलाई पनि खास्साको व्यापारी बनायो।
कतै निधार, कतै गोडा,आफन्तलाई नि बेच्ने कारोवारी बनायो,
मनमा बस्ने भगवानलाई आलिसान मन्दिरमा विस्थापित गरायो।।
हेटौडा -११, हाल, बुटवल ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)