Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंहबारेको पुस्तक लोकार्पण

महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंहबारेको पुस्तक लोकार्पण

  • 339
    SHARES

  • महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंहबारेको पुस्तक लोकार्पण

    बुटवल,असार २१ ।

    पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र योगदान नामक पुस्तकको शनिबार बुटवलमा लोकार्पण गरिएको छ ।

    पुस्तकको  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पौडेल लगायतले लोकार्पण गरेका हुन्।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बुटवलको ऐतिहासिक महत्वलाई उजागर गर्नेगरि प्रकाशित पुस्तक इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    देशकै गौरवको रूपमा रहेको नेपाल(अंग्रेज फौजबीचको जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा र तत्कालीन पाल्पाली सेनवंशी राजाको योगदानको बिषयमा खोजमूलक पुस्तक बुटवलको प्रचारप्रसारमा उपयोगी हुने बताए ।

    अग्रज पत्रकार मदनलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिविद् बिमलबहादुर शाक्य,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य,पुस्तकका लेखक महेन्द्र थापा लगायतले पुस्तकबारे आ आफ्नो भनाइ राखेका थिए । पत्रकार थापा तीन दशकदेखि बुटवलमा पत्रकारितामा क्रियाशिल छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology