- खिम सापकोटा
नेपालको निजि र सरकारी बिद्यालयमा धेरै फरक रहेछ। सबैले मान्यता सरकारीको हुन्छ भनेर राम्रो अंकको सरकारी बिद्यालयको प्रमाणपत्र हातमा भए पनि क्षमता सबैले निजि बिद्यालयको खोज्ने रहेछ।
दश कक्षा सम्म एउटा अंग्रेजी किताब र बाँकी सात वटा सबै नेपाली पढेर ११ र १२ मा बिज्ञान बिषय लिएर पढ्दा सुरुमा सरकारी बिद्यालयामा किन पढे होला, सायद म पनि सहरमा बसेर बोर्डिङमा पढ्न पाएको भए भनेर आफूसँगै बस्ने बोर्डिङको साथीले लेखेका अनि पढेका अँग्रेजी सुन्दा मनमा कति धेरै पिडा हुन्थ्यो र धेरै मिहिनेत गरेर ११ र १२ पास गरेर फेरी उच्च शिक्षा हासिल गर्न सहर पसेँ झन गाह्रो भयो।
पहिला सरकारी बिद्यालय पढेको भनेर कत्ति गर्ब गर्थेँ तर अहिले हरेक क्षणमा त्यही सरकारी बिद्यालयमा किन पढे होला भन्दै सरकारी बिद्यालयमा पढेकोमा पछुतो हुन्छ। सहरको भर्खर बोल्न सिकेको बालबालिकाको मुखबाट पनि अँग्रेजी बोलेको सुनिन्छ तर गाउँको बालबालिका भने पढे पढ नपढे नपढ भने जस्तै सधैँ घरको काम गर्न मात्रै सिकिरहेका छन्।
अझै पनिघरको काम धेरै र बिद्यालय कम जाने पुरानो चलन गाउँघरमा कायमै छ।तर पनि पछि म डाक्टर, इन्जिनियर बन्छु भन्ने भावना दुर्गम गाउँको कुनाकाप्चामा घाँसको भारी बोक्दै हातमा किताब लिएर हिँडिरहेको मनहरुमा भेटिन्छ। तर जति नै मिहिनेत गरेता पनि आखिर निजि बिद्यालयले नै प्रगति धेरै गरिरहेका छन्। आखिर हामी सरकारी बिद्यालयमा पढेकाहरु पछुताएरै बस्नुपर्ने आवस्थाको सिर्जना भईरहेको छ। यस्को मतलब यो होईन की सबै निजिमै पढ्नुपर्छ तर दुर्गम गाउँहरुलाई पनि एकचोटी नियालेर हेर्नुस् सरकार!
भोली यो देशको एक सक्षम जनशक्ति त्यै गाउँमा मरिरहेका छन्। हरेक सरकारी बिद्यालयमा पनि अहिलेको युगमा चलिरहेको पाठ्यपुस्तक उपलब्ध गराईदिनुस्, अवश्य पनि हर्षले ति मनहरु फुरुङ्ग हुनेछन्, जस्ले केही बन्ने लक्ष्य लिएको छ। सरकारी बिद्यालयमा पनि निजिकै जस्तो किताबहरु उपलब्ध गराएर एउटा सक्षम शिक्षक उपलब्ध गराईदिनुनत्र ति डाक्टर, नर्स र ईन्जिनियर लगायतको केही बन्ने सपना यतिकै मरेर जानेछ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)