Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा स्थानीय तह निर्वाचन तयारी पूरा,६१० मतदान केन्द्र

रुपन्देहीमा स्थानीय तह निर्वाचन तयारी पूरा,६१० मतदान केन्द्र

  • 2.2K
    SHARES

  • रुपन्देहीमा स्थानीय तह निर्वाचन तयारी पूरा,६१० मतदान केन्द्र

    बुटवल,वैशाख २९ ।

    भाेलि हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले तयारी पूरा गरेको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको कार्यालयले जनाएको छ ।

    यसअघिको प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    भण्डारीले भन्नुभयो, ‘‘सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकेका छौं।’’ वैशाख ३० गते हुन लागेको निर्वाचनमा रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् ।

    अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला हो ।

    उहाँका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर छ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको सङ्ख्या आठ छ ।

    voter-nayagaun.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology