Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचनमा राजनीतिक दलको घोषणा पत्र : कति सत्य कति असत्य ?

निर्वाचनमा राजनीतिक दलको घोषणा पत्र : कति सत्य कति असत्य ?

  • 3.4K
    SHARES

  • निर्वाचनमा राजनीतिक दलको घोषणा पत्र : कति सत्य कति असत्य ?

    -केशव गाैतम ।

    नेपाल वर्तमान संविधान अनुसार दोस्रो पटक स्थानीय निकायको निर्वाचन हुदै छ।यहाँ विभिन्न राजनीतिक पार्टी वा दलका आ-आफ्नै घोषणा पत्र जारी भई देश राजनीति मय वा घोषणा पत्रमय भएको छ अझ भन्नुपर्दा त चुनावमय भएको छ जसले गर्दा देशलाई फाईदा र बेफाइदा दुबै हुन्छ ।

    फाइदा हेर्ने हो भने त नयाँ सोच उद्देश्य लक्ष्य सहित निर्वाचि हुने र अर्थतन्त्र पनि तङ्ग्रिने अवसर सहित चलायमान हुन्छ जसले गर्दा लुकेको पुँजी बजारीकरण हुन्छ।अब अर्को तर्फ हेर्दा उहीँ पुरानै अनुहार सहित महिला र युवाको उपस्थिती कमजोर देखिन्छ किनकि नेपालको निर्वाचन प्रणाली खर्चिलो पनि छ र राजनीतिका हरेक पाटामा पैसाको मोलमोलाई हुन्छ जसले गर्दा घोषणा पत्रको अनुसार चुनाव लड्ने सम्भावना नै हुदैन यो घोषणा पत्र मा पुरा गर्ने माग भन्दा नि आफ्नो कार्यकाल पूरा हुँदा समेत  अधुरै रहन्छन् ।

    किनभने आफुसँग गर्ने क्षमता भए पनि स्थानीय वा अन्य स्रोत साधनको व्यवस्थामा तदाम्यता हुदैन र घोषणा पत्र हेरेर जितायका  नागरिक को आँखामा आँशु र अनुहारमा नैराश्यता बाहेक केही पनि देखिदैन निर्वाचित जन प्रतिनिधि स्थानीय जनताको साझा बन्न नसक्नु पनि यसको प्रमुख समस्याका रुपमा हामी माझ परिचित नै छ।

    स्थानीय जनताको माग अनुसार घोषणा पत्र निमार्ण गर्ने व्यवस्था गरिने हो भने घोषणा पत्रमा स्थानीय जनताको मागलाई पनि व्यवस्था गर्न सकिन्छ ।जसले गर्दा राजनीतिमा सुध्रिढीकरण आउदछ।झुटो घोषणा पत्र निर्माण होइन यहाँ सत्यतामा आधारित घोषणा पत्र निर्माण हुन्छ ।जति आश्वासन दिएर त्यसलाई शिरमा पुराउन सकियो त्यति नै टिकाउ गाह्रो छ।नेपालमा त केवल घोषणा पत्र को औपचारिकतामा मात्रै सिमित हो जस्तो देखिन्छ किनकि न त्यस अनुरुप आफू चल्छन् न चलाउन मद्धत गर्दछन्।हाल नेपालमा जति पनि राजनीतिक दलले घोषणा पत्र निर्माण गर्छन ।

    त्यसलाई तामझामका साथ विमोचन गरिएको सित्तैवाद पत्रको रुपको संज्ञ दिन पनि सकिन्छ किन कि तेसमा पूरा गर्न नसकिने कुरा धेरै हुन्छन् र ती राजनीतिक दलहरूले त्यसलाई सित्तैमा दिन्छु वा पुरा गरिदिन्छु भन्दैछन् जुन असम्भव कुरा हो जस्तै आज हाम्रो आम्दानी ज्ञण्द्दण्डलर छ त्यसलाई पाँच वर्षमाद्दछण्ण्डलर पुर्‍याउछु भन्नु त असम्भव नै हो किनकि बिकसीत देशहरूले त त्यो पुरा गर्न सक्दैनन् भने नेपालका राजनीतिक दलले त्यसलाई कसरी पुरा गर्छन् त जुन आधार विहीनता स्रोत साधन व्यवस्थाको आधार  विहीन भन्न पनि सकिन्छ ।

    जसलाई कर्मकाण्डी पत्र वा जनता झुक्याउने पत्र पनि भन्न सकिन्छ छ।कुनै एउटा पुरानो भनाइ मध्ये एउटा सापटी लिदै म भन्छु हाल नेपालको धोषणा पत्र यस्तो निर्माण हुनुपर्ने हो जुन हात आकाशमा र पाउँ चाहिँ जमिनमा हुनुपर्ने तर हाल त दुबै खुट्टा आकाशमा रहेर निर्माण गरेको घोषणा पत्रको न कुनै अर्थ छ न कि आवश्यकता छ।

    एक तरिकाले हेर्ने हो भने सबै राजनीतिक दलको घोषणा पत्रलाई सुन र सुन जस्तै नक्कली सुन  भन्दा फरक नपर्ला ।नेपालमा  वर्तमान घोषणा पत्र निर्माण गर्ने चरणमा अरुको भन्दा आफ्नो अब्बल कसरी बनाउने र आम नागरिक वा जनताको ध्यानाकर्षण आफ्नो पार्टी र संगठनमा कसरी ध्यान टिकाउ गराउने मात्र छ जसले गर्दा समाज , समुदाय ,समूह र आम जनतामा खुसीको साटो ती दलका संगठन प्रति वैमनस्यता वा दयनीय अवस्था जागेर आएको देखिन्छ ।

    जसले गर्दा चुनावी समयमा आउने घोषणा पत्र र विशेषगरी मतदाता बीच सुमधुर सम्बन्ध कायम नरहने सम्भावना अझ बढी हुन्छ किन कि मतदाता त्यो सधैंको चुनावी नारामा मात्र सिमित हो भन्ने जानकार भै सके।अब नेपालमा राजनीतिमा सुशासन पारदर्शिता ईमानदारीता उत्तदायित्व जवाफदेहीता कायम गरि निष्ठावान् राजनीतिको बिकास गर्नुपर्ने देखिन्छ जसले गर्दा दलको घोषणा पत्र  तयार गर्दा आम मतदाता प्रति जवाफदेही वहन गर्ने कार्यमा मद्दत पुग्ने देखिन्छ ।

      सारंश .नेपालमा वि।सं।द्दण्द्धठसाल यता जति पनि राजनीतिक परिवर्तन आएको छ वा जति पनि चुनाव भएका छन् हालसम्म ती सबै समयमा घोषणा पत्र जारी भएकै थिए तर खोई त परिवर्तन परिवर्तन त केवल घोषणा पत्र मात्र भए दल तिनै पात्र तिनै अनि कसरी हुन्छ झुटले परिवर्तन अब देशमा साच्चै परिवर्तन चाहनि हो भने घोषणा पत्र होइन सक्षम र सबल नेतृत्व जन्मनु आवश्यक देखिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology