-आशिष देबकोटा
कागुनो/काउनो (Setaria italica Beauv.) सबैभन्दा पुराना अन्न बालीहरु मध्ये एक हो । गुरुङ भाषामा यसलाई कावनु पनि भनिन्छ। यो बाली पुर्वी एसियाली देशहरूमा विशेष गरी चीनमा प्राचीन कालदेखि खेती गरिंदै आएको देखिन्छ ।
यो घाँसे परिवारमा पर्ने एक बर्षीय बाली हो भने कोदो प्रजातिहरू मध्ये क्षेत्रफलका हिसाबले Pearl Millet (Pennisetum glaucum, बाजरा वा घोगे ) पछि विश्वमा दोस्रो बढी खेती हुने कोदोको प्रजाति हो । फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकोले अंग्रेजीमा यसलाई फक्सटेल मिलेट (Foxtail Millet) भनिन्छ ।
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Monocots
(श्रेणीविहीन): Commelinids
गण:Poales
कुल: Poaceae
उपकुल: Panicoideae
वंश: Setaria
प्रजाति: S. italica
वैज्ञानिक नाम : Setaria italica (L.) P. Beauvois
नेपालमा पनि यो बाली परापूर्व कालदेखि नै खेती हुँदै आएको पाइन्छ । नेपालका पश्चिमी पहाडी जिल्लाहरू, विशेष गरी कर्णाली क्षेत्रहरू जस्तै मुगु, डोल्पा, जुम्ला, हुम्ला, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूमा यसको खेती गरेको पाइन्छ । साथै अन्य पहाडी जिल्लाहरू जस्तैः रामेछाप, काभ्रे, गोरखा, लमजुङ्ग, कास्की, धादिंग, जस्ता जिल्लाहरूमा पनि यो बालीको थोरै मात्रामा भएपनि खेती हुँदै आएको देखिन्छ ।
विशेष गरी कर्णाली क्षेत्रको स्थानीय खाद्य सुरक्षामा यस बालीको विशेष भूमिका रहेको छ । मेरो घर पनि कर्णाली प्रदेश मुगु जिल्ला भएकाले पहिला पनि हाम्रो परिवार र गाउले हरु कागुनो प्रशस्त मात्रामा उत्पादन गर्ने गरिन्थ्यो तर पछिल्लो समय यसको उत्पादन विउ बिजन को अभाव ,शहरिकरण र वैज्ञानिक उत्पादन तरिकाको कमीले पुरै शुन्य मा झरेको छ।कोगुनी प्राय गरेर फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्नमा पर्छ। यसलाई धानलाई जस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भातखाने गरिन्छ। यसको मुल्य नेपाली बजारमा प्रतिकिलो रु.७०० सम्म पर्ने गरेको छ।
कर्णाली प्रदेशमा परापुर्वकाल देखिनै त्यहाँका नागरिकहरू काउनो खानाको रुपमा खाएर गुजारा चलाउने गर्थें । कागुनो छोटो समय (करिब ४ महिना) मा नै तयार हुने बाली भएकोले परापुर्वकालमा बुढापाकाले यसलाई अनिकाल टार्ने अन्नको रूपमा लिने गरेका छन् । यसले असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन दिने क्षमता राख्ने भएकाले भोकमरीबाट बचाउन सक्ने बालीको रूपमा लिन सकिन्छ ।'
यो बालीलाई मकै खेतीको तुलनामा एक तिहाइ पानिमा खेति गर्न सकिन्छ| येसलाई ४-९ बर्षसम्म सुरक्षित रुपमा भण्डारण गरि राख्न सकिन्छ| नेपालमा कगुनोको औषत उत्पादन ८१४ के जी प्रति हेक्टर छ| यसको उचाइ १०८-२३२ से मी बालाको लम्बाई १३-३० से मी बालाको चौडाई १०-३३ से मी सम्म हुने गरेको पाइएको छ| नेपालमा कागुनोको औसत उत्पादन ८१५ के.जी. प्रति हेक्टर छ । कागुनोको भात, खीर, ढिँडो बनाएर खाने चलन छ भने कोदोसँग मिसाएर रक्सी बनाउन पनि प्रयोग गरिन्छ । साथै पशुपन्छीको आहाराको रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । यति महत्व हुँदाहुँदै पनि हाल आएर विभिन्न कारणले यसको खेती घट्दो क्रममा छ । कागुनो बाली गोड्न र प्रसोधन गर्न गाह्रो हुने भएकोले खेती घट्दै गएको स्थानीय कृषकहरूको भनाई छ।
यसको महत्व
- ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।
- कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ ।
मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर हुन्छ ।
- नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ ।
- यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ|
- कगुनोमा फेनोल्स, ट्यानिन्स, अल्कालोइड्स, फ्ल्याभोनोइड्स, सयापोनेंस, फाईटेटस नाम गरेका क्यान्सर निरोधक रसायनहरू पाइन्छ जसले क्यान्सर हुनबाट बचाउछ|
- गर्भवती तथा दुध खुवाउदै गरेकी आमाको लागि राम्रो शक्तिको स्रोतको रुपमा पनि कागुनोलाई लिने गरिन्छ| कोलेस्ट्रोलको मात्रा घटाउन सक्ने क्षमताका कारणले गर्दा - - - कब्जियत तथा मोटोपना घटाउन मद्दत गर्दछ| यसको अलावा, कगुनोमा प्रोटिन, फलाम तथा खनिज पदार्थ पनि प्रसस्त मात्रामा पाइन्छ|
कागुनोको प्रयोग:
– कागुनोको भात, खिर, रोटि, धिदो तथा खिचडी बनाइ खाना सकिन्छा भने यसलाई पशुपन्छीको आहारको रुपमा पनि प्रयोग गर्न सकिन्छ|
- यसलाई कोदोसंग मिसाएर रक्सि बनाउन पनि प्रयोग गरिन्छ|
- यसलाई चाउचाउ, बिस्कुट, कुकिज तथा केक जस्ता आधुनिक परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ|
- कागुनोको भुसलाई भुसे चुल्होमा, हरियो नललाई घाँसको रुपमा र सुकेको नललाइ कम्पोष्ट मल बनाउन प्रयोग गरिन्छ|
( अध्ययनरत Bsc.Ag , रामपुर कृषि क्याम्पस, चितवन)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
बुधवार, चैत्र ३० २०७८०९:४०:१४
-