Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई ‘चिठ्ठा’,राष्ट्रिय सभामा बिकको इन्ट्री !

लुम्बिनीमा गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई ‘चिठ्ठा’,राष्ट्रिय सभामा बिकको इन्ट्री !

  • 4.1K
    SHARES

  • लुम्बिनीमा गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई ‘चिठ्ठा’,राष्ट्रिय सभामा बिकको इन्ट्री !

    बुटवल,माघ १२ ।

    लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा जनमोर्चाका तुलप्रसाद विश्वकर्मा बिजयी भएका छन् । गठबन्धनका कारण उनलाई बिजेता बन्न सहज भयो । अब राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाको उपस्थिती हुने भएको छ।

    सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए।

    लुम्बिनीमा जनमोर्चाका एक प्रदेश सभा सांसद र पालिकाबाट चार जना मतदाता थिए। आज भएको निर्वाचनबाट रूपन्देहीका तुलप्रसाद राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी दलिततर्फ उम्मेदवार थिए।

    जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद छिन्। उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभा सांसद छिन्। १९ पदमध्ये जनमोर्चाले एक पदमा उम्मेदवार उठाएको थियो। 

    को हुन तुलप्रसाद विश्वकर्मा ?

    सत्तारुढ गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका तर्फबाट राष्ट्रिय सभाको चुनाव जितेका तुलप्रसाद विश्वकर्मा २०३५ सालदेखि नेकपा मसाल निकट रहेर पार्टीको होलटाइमर कार्यकर्ता बनेर काम गर्दै आएका छन् ।

    जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा एक वर्ष पत्रकारिता गरेको अनुभवसमेत उनीसँग छ । विश्वकर्माको जन्म बाग्लुङमा २०१५ सालमा भएको हो । बाग्लुङको गलकोटमा जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भएको थियो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।

    त्यसपछि भेडीखर्क प्राविमा काम गरेका हुन । उनले पार्टीको होलटाइमर कार्यकर्ता नबन्दासम्म २०३५ सालसम्म पढाएका थिए । पार्टीको होलटाइमर बनेपछि भारतमा संगठन निर्माणका लागि उनलाई पुगेका हुन । सुरुमा भारतको मद्रासमा नेपालीहरुको संगठन एकता समाजमा तीन वर्ष काम गरेपछि उनलाई पार्टीले दिल्ली र पञ्जाबमा पठाएको थियो ।

    त्यही समयमा पार्टीको युवा मोर्चा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा बन्यो, जसको महासचिव बनेर उनले काम गरे ।  केही वर्षपछि नेपाल आएर उनी पार्टी प्रतिबन्धित  अवस्थामै साँस्कृतिक मोर्चाको संयोजक बने, जसको सदस्यमा जीवन शर्मा र मणि थापा थिए । उनी कलाकार पनि हुन् । रक्तिम साँस्कृतिक भाग १ देखि ३ सम्म उनका गीत छन् ।
    उन उपनाम राजेश विक दिएको छ । नागरिकतामा उनको नाम तुलप्रसाद विश्वकर्मा नै छ ।  विक प्रगतिशिल लेखक संघ रुपन्देहीका हाल उपाध्यक्ष पनि हुन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology