Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लघुकथा : ‘ दृष्टि दोष ’

लघुकथा : ‘ दृष्टि दोष ’

  • 3.9K
    SHARES

  • लघुकथा : ‘ दृष्टि दोष ’

    -सुशिल अर्याल “अनुराग”

    एउटा सानो शहरनजिकैको गाँउमा एक सानो मध्यम बर्गीइ परिवार बस्दछ । जुन परिवारले आफ्नो परिवार धान्नको लागी एउटा सानो व्यवसाय चिया नास्ता पसल संचालन गरि रहेको छ र त्यसै बाट अफ्नो परिवार चलाएको छ ।

    परिवारमा दुई २ सदस्यको बसोवास रहेको छ । एक अवकास प्रात्तनेपाली सैनिकको श्रीमतीमाया र छोरा रेशम बसोबास गर्दछन् । रेशमको वुबाको अचानक देहवशान भएपछि परिवार धान्न र रेशमको अध्ययनखर्च जुटाउनका निम्ती चियानास्ता पसल संचालनमा रेशमकी आमा मायाले ल्याएकी थिईन ।

    रेशमको पनिदिनप्रतिदिनउमेर बढ्दै जाँदाकलेजमाअध्ययन गर्ने भै सकेको थियो ।कलेज छुट्टी हुँदारेशमले प्रयाआमालाई नास्तापसलमा सघाई रहेको हुन्छ । रेशमको कलेज घर बाट निजिकै रहेकाले ऊप्रायजसो घर बाट नैकलेज जाने आउने गर्दथ्यो । कलेज जाने आउने र अध्ययनगर्नेक्रममा रेशमले नैनानाम गरेकी केटी साथीबनाएको थियो । उनिहरुको घर नजिकै भएकोले कलेज जाने आउने प्राय संगसगैं गर्दथे । एक दिनको कुरा हो ।एकाबिहानैकलेज जाने समयमाकलेजजानबिर्सीएर मस्त सुतिरहेको समयमा एउटा सपना देखि रहेको हुन्छ रेशम । उता कलेजजाने समय भै सकेकाले मायाले यो समय सम्म पनि रेशमतयार भई नआए पछि मस्त सुतेको रेशमलाई उठ्न आग्रहगर्दै भन्नु हुन्छ ।

    रेशम ए रेशम उठ्ने बेलाभएनअझै ? हेर्त बिहानको ६ बजी सक्यो तेरा सबै साथीहरु कलेज गै सके त भने यति अबेर सम्म सुत्छस् कलेज जादैनस् र ?यतिभनेर नास्तापसलमाजानु भयो । बिहानको ६ बजि सकेकाले मानिसहरुको भिड बिस्तारै बढ्दै गैरहेको थियो ।पसलमाग्रहाकहरुको आगमन संगै त्यहीव्यस्त रहनु भयो । उताभने रेशमआमाले बोलाएकोथाहै नपाएझै गरिमस्त सुतेर आफुले देख्न लागेको सपना, सपना मै भिज्न लाग्यो । यस्तो लाग्छ रेशमलाई कुनै एक स्थानजहाँ देश चलाउने व्यक्तीहरुको सामुआफु खुलेर स्वतन्त्र रुपमाआफ्ना मनकाअनगिन्ती कुराहरु यर्थात् रुपमा निडर भई राख्नपाईयोस् मानिसको यर्थात् चित्रण गर्न पाईयोस् जसले समानमानिसहरुमा समानव्यवहारले आ–आफ्नो स्थानमाबाच्नसिकाओस् साथै जीवनजीउनपनि संगै सिकाओस् । आफ्नो स्वतन्त्राको हकदिलाओस् । 
    एक व्यस्त ठाँउ जहाँहजारौको संख्यामामानिसहरुको बाक्लो उपस्तीथीहोस् तीहजारौ मानिसहरुको सामु एउटा अनौठो कथाको चर्चा बढो फुर्तिका साथतनमनलगाएर भाषण गरिरहेको हुन्छ रेशम सपनामा नै । कस्तो अचम्म साँच्चै यो संसार कस्तो अचम्मको छ । म बाँचेको दुनियाआर्कै छ, तपाईहरु बाचेको दुनियाँअझै आर्कै होलाअनितिदीनदुःखीहरु बाचेको दुनियाँझन् कस्तो होला? कस्तो अचम्म यो संसार, यो दुनियाँ नै । अझ यस दुनियाँकामानिसहरु कस्ता होलानअनितीमानिसहरुले प्रात्त गरेको ज्ञान, सीप र व्यवहार झन् कस्तो होला?ओहो !यो पृथ्वीभित्र फरक ठाँउ, जमिन, वातावरण, फरक–फरक मौसम कतै जाडो, कतै गर्मी र कतै आन्दको मौसम आहा !

    कुनै–कुनै ठाँउ त लाग्छ स्वर्ग जस्तै आन्नदको । म पनि तेस्तै स्वर्ग जस्तै गाँउ, समाज र राष्ट्रखोजी रहेको छु । जहाँ स्वतन्त्र रुपले बाचियोस् र मानिसलाई मानवताको डोरी संगै नैतीकताको आधारतथाआचरणमा बाँच्नसिकाईयोस् । यो पृथ्वीभित्रबसोबास गर्ने अन्य प्रणाी भन्दामानिस सर्वश्रेष्ठ प्रणाीको रुपमा चिनिन्छ र मानिन्छ पनि। अर्थात् म तपाई अनीहामी सबै पर्छाैजहाँ वर्षौ देखीबाँचीरहेका छौ । 


    के हामी स्वतन्त्र रुपमाबाँचिरहेका छौ त ? के हामिले हाम्रो समुदाय र राष्ट्रलाई केहीउपलब्धीकाआशाहरु प्रदान गरेका छौ त ? तर 
    हामीमानिस,मानिसको जस्तो व्यवहार बनाएर यो समुदायमा बाँचेका छौ त ?
    यी अनगीन्ती प्रश्नहरुको लम्पसारले मानिसलाई आलोचनामा ल्याईरहेको हुन्छ । मानिस आफु बाँच्नकालागीअनेककिसिमले कसरत गरी रहेको हुन्छ । अरुको होईन आफ्नो जीवनलाई कता बाट खुशि, सुखि पार्नका लागी हदै सम्मको कार्य गर्न तत्पर रहन्छ । एक बारको जीवनमामानिस जसरी पनिजिओस् बाचुनजेल आफ्ना साथि–भाई, इष्टमित्र र आफ्ना आफन्त जो कोही संग पनी भेटघाट, बोलचालगर्दैमा केहीबिर्गदैन होला । आचरण र व्यवहारले गर्दा समुदायमारहेका अन्यव्यक्तीहरुको जीवनमा असर गर्ला जस्तो लाग्दैन । यद्यपी भेटघाट हुँदाहास्ने बोल्ने गर्दैमा उसको केही समय खर्च भएतापनीकदापीउसको सिंगो जीवनबिग्रदैन । तर जीवनजीउने क्रममामानिसहरु आजभोली स्वार्थी बन्दै गएकाकयौ उदाहारण हामीमाझप्रशस्तै छन् । एक समयको जीवनमाआफु सभ्यभएर समुदाय र राष्टमा बाच्नसिकोस्, अरुलाई पनिसिकाओस् । 
    भनिन्छ नि, जब मानिसले आफुले गरेको प्रगती कैले पनि देख्दैन, अरुले गरेको प्रगतीमाउसकाआँखा वरीपरी डुलिरहन्छ । वास्तमै आजभोली धेरै शका लाग्छ यो मानिस भन्ने प्रणाीलाई भगवानले नै सर्वश्रेष्ठको दर्जामा किन राख्नु भएको होलाभनेर ? तर तपाईहरुको उत्तर आउला वुद्धिजिवि प्रणीभएकाले होला? तर कुरा याहाँभिन्दै छ । मानिसले पाएको ज्ञान, सिप, क्षमताअनुसारको नैतिकआचरण र व्यवहार नदेखाउदा सर्वश्रेष्ठ मानीराख्नु उचितलाग्दैन ।

    समाजमाविभिन्नकिसिमले मानिसहरुलाई विभाजीत गरिएको हुन्छ । गाँऊ, शहर, जातजाति तर हामिहाम्रो समाजमाअहिले जातजातीमाविश्वास गरिदैन यो राम्रो उदाहारण हो । यो हाम्रो राम्रो समुदायहो ।हुन त याहाँगाउँ र शहरमा बसोवास गर्ने मानिसमाविभेद देखिन्छ तर पनिहामिगाँउमाबसोबास गर्ने मानिस न पर्याै ?
    तपाई त ठुला–ठुला महल र शहरहरुमाबसोवास गर्ने मानिस न पर्नु भो ?
    हामीहरुले बोलेको र भनेको कुरा कहाँ बाट सुन्नुहुन्छ र मान्नुहुन्छ ?
    तपाई त नेताको मान्छे हुनुहुन्छ ?
    होईन, होईन तपाई नेता नै पो हुनुहुन्छ ?
    त्यो पनिहोईन 
    तपाई त ठुलै व्यापारी पो हुनुहुन्छ ?
    ओहो !होइन म त भन्नै भुलेको तपाई त देश बेच्ने देशकै ठुलै दलाल नै पो हुनुहुन्छ ? कस्तो अचम्म !
    सपनामा रमाईरहेको रेशमले एक्कासी ऐया भन्दै निद्रा बाट बिउझियो र आफ्नो अगाडी नैनालाई देख्न साथझसéभयो । 
    रेशम : कति खेर आयौ नैना । 
    नैना : अलिअगी नै हो, आमा संग चियाखाएर बस्दा पनितिमिनआए पछि आमा बेस्त भएरतिमीलाई उठाउन पठाउनु भएको । 
    रेशम: होरआमा संग बस्दै गर म तयार भएर आउछु, संगंै जाउलाकलेज । 
    नैना: हवस् ।
    यति भनेर नैना आमा भएतिर गई बसि रेशमलाई कुर्न थालिन । ओहो ! मेरो एउटा सानो आँखाले कति ठुलो वितिष्णा सपना देखेको, मैले देखेको यो सपना दृष्टि दोष मात्र त होइन? रेशमले चियाखाई सकेर दुबै जना अध्ययनको लागी कलेज तिर आफ्ना पाईला अगाडी बढाए । तर रेशम आफैले देखेको सपना कसैलाई पनि भन्न सकेन, अन्त्यमा त्यस सपनाको विलयन आफैले आफैमा गरायो । 

    -aryalsushil28@gmail.com
    बाणगंगा नपा ०९, कपिलवस्तु-९८४७४६०६६३
    हाल: बुटबल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology