Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शेखरले भने-‘ म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ! ’

शेखरले भने-‘ म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ! ’

  • 2.1K
    SHARES

  • शेखरले भने-‘ म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ! ’

    बुटवल,मंसिर २७ ।

    नेपाली कांग्रेसका नेता तथा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ ।  आइतवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको हो । उहाँले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गर्नुभयो ।

    नेता कोईरालाले भन्नुभयो, ‘सभापतिजीले आफू पराजित भएँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो, म तपाईँहरूको सामुन्ने प्रण गर्न चाहन्छु– नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ, सङ्गठित भइकन यो गठबन्धनलाई चुनावमा लैजान्छौँ भन्ने कुरा तपाईँहरूको माझमा राख्दछौँ । यो सरकारलाई अझ बलियो बनाउने प्रयास हाम्रो नेतृत्वले गर्नेछ ।’

    ता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरूको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने पनि बताउनुभयो । उहाँले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र पालिका तहको चुनावमा नेपाली कांग्रेसलाई भागबन्डारहितको पार्टी , गुटबन्दीरहितको पार्टी, विरोधरहितको पार्टी बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताउनुभयो । उहाँले तीन तहको चुनावमा पार्टीलाई जिताउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    नेता कोइरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यक्रम, नयाँ विचार र नयाँ कार्यशैलीबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले भातृ संस्थाहरूलाई सुदृढ गरेर अघि बढ्ने पनि बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology