-सुनिता अर्याल
लगनका महिना आउनासाथ तमाम जोडिहरुले बिबाह बन्धनमा बाधिएका र नया सहयात्रा तय गरेका हुन्छन । तर के सवै बिबाहित जोडिहरु आफ्नो जीवन जिउनका लागि सक्षम रहेका हुन्छन त ? आज मैले यो लेख बिशेश गरि जिवनमा केही गर्छु भनेर सङ्कल्प गरेका छोरिहरु र आफ्नो बढाइको स्नातकमै रहेका चेलिले हिजो सम्म देखेका भविष्य निर्माणका सपनालाइ थाती राखेर, परिवार र समाजको दवाबमा परि अमिलो मन बनाउदै आफ्नो नंया जिवनको यात्राको परिकल्पना गर्न बाध्य रहेका बास्तबिकता उठाउन मन लाग्यो ।
मनमा कतै खुसी कतै पीडा त कतै अन्योलता १ हाम्रो समाजले अझै पनि शारीरिक परिपक्वता वा २० बर्ष पुग्नासाथ उनि घर गरेरर बस्न र पराइको घरलाइ खुसी पार्न सक्छिन भन्ने खालको भ्रमित मानसिकता बोकिराखेको छ । तर आत्मनिर्भर र स्वाबलम्बी भएभने मेरो छोरिले पराइको घरमा गएर जस्तै परिस्थिति आएपनी जुध्न सक्छिन वा सामना गर्न सक्छिन भन्ने कमै परिवारको सोचाइ हुन्छ रु मैले यो भन्दै गर्दा बिबाह गर्नु नराम्रो हो भन्न खोजेको हैन तर आफुले समाजमा देखेको र हाम्रो समाजले महिलालाई गर्ने ब्याबहार लगाएतका कुराहरुमा कलम चलाउन मन लाग्यो ।
पराइको घरमा सासुलाइ तिलहरी, ससुरालाइ औँठी , देवर नन्द अमाजुलाइ भरिभराउ दाइजोपात गरि आफ्नोमाइति घरको ऋणले मन अमिलो पार्दै , हुर्कदै गरेको भाइ र उमेरले नेटो काटिसकेका बुवाआमालाई चटक्क छोडेर पराइको घर भित्रीएकि पल्ला घरे काकाकी छोरी कुन दिन मारिएको खबर आउने हो पत्तै हुदैन । बिबाह गरेर पराइ घरमा नया सपना बोकेर गएका कति चेलीहरु सपना बुन्दा बुन्दै कहालिलाग्दा बिपना जिइराखेका हुन्छन ।
पछिल्लो तथ्यांक अनुसार महिला ६०५ भन्दा पढी शिक्षित र सक्षम भएको खबर देखिन्छ महिला उद्वमी र आत्मनिर्भरका खबर सुनिन्छ यसो सुन्न र पढ्न पाउँदा निकै खुसी लाग्छ अर्को तिर उत्तिकै सख्यामा महिलाहरुको हत्या हिशा र उत्पीडनका कुराहरुले हाम्रो देशमा महिलादिदी बहिनिहरु कत्तिको सुरक्षित र ढुक्कको जीवन जिइरहेका छन त भन्ने प्रश्नले घरी घरी बिजाइरहन्छ ।
विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ। यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको पाइन्छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी ९५१।५०५०हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन्। परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह,छोराको महत्त्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन। लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ। महिला हक,अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् भनिन्छ । नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको भनेर हरेक पर्चा र तमाम भलाद्मीहरुका भासणहरु सुन्ने र पढ्ने गरिन्छ तर दिन रात हाम्रा चेली असुरक्षित र नरक जीवन जिइरहेको कुरा कस्ले बुज्ने,कस्ले सुन्ने ?
आफुलाई आत्मनिर्भर,आत्मविश्वास दिलाउन वा समग्र देश विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ। भनिन्छ एक महिला शिक्षित भए सवै परिवार नै शिक्षित हुन्छन। केहि दशक यता समग्र रूपमा साक्षरताको दर उल्लेख्य रूपमा बृद्धि भएको भएतापनि हाम्रो देशमा निकै थोरै मात्र शिक्षित छन्। सन् २००१ को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ४२.८ प्रतिशत देखाएको थियो त्यसको एक दशक पछि सन् २०११ को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत देखाएको छ। यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ। जनगणना २०११ ले पुरूष जनसङ्ख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत तथ्यांकमा उल्लेख छ तर कहिले सम्म हाम्रा दिदिबहिनिहरु परनिर्भरतामा बाच्ने रु
महिला सशक्तीकरण को लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयाशहरु गर्दै आइरहेको छ तर महिला शसक्तिकरण को लागि धेरै आवाज उठाएतापनी माथिल्लो निकायबाट अनेक नियम कानुन बनेता पनि केवल उनीहरुलाई उपस्थितिलाई मात्र जोड दिने गरेको देखिन्छ्र उनीहरुलाई साच्चिकै प्रत्यक्ष रुपमा सक्रिय गराउनी हो भने समाजमा हुने विभिन्न् क्रियाकलापमा प्रत्यक्ष संलग्न गराई उनीहरुलाई पनि जिम्मेवारी दिई जिम्मेवारी बोध गराउन सकिन्छ्र
हाम्रो समाजमा महिला सशक्तीकरणको कुरा धेरै उठाएता पनि महिला केवल चुलाचौकामा मात्र सिमित छन् ्र उनीहरु आफै आफूमै निर्भर हुन्छु नि त भने पनि उनीहरुलाई किन जानु पर्यो बाहिर काम गर्न चाहिएको कुरा हामि नै दिहाल्छौ नि, तेरो काम भनेको घर, चुलोचौका र छोराछोरी हुर्काउने बढाउने भनि उनिहरुलाई घरमै सिमित गराईको पाइन्छ, जसले गर्दा महिला दिदिबहिनिहरु आर्थिक रुपमा सबल हुन सक्दैन र सानो सानो कामको लागि पनि अरुमा निर्भर रहनु पर्ने अवस्था रहि आएको छ ्र महिलाले आफुमा आएका समस्याहरु आफैले समाधान गर्नु महिला सशक्तिकरण हो ्र आर्थिक सशक्तिकरण गरिबी हटाउन, आघात सामना गर्न र तिनीहरूको कल्याण सुधार गर्न महिलाको क्षमताको केन्द्रबिन्दु हो। नेपालमा ३३५ महिलालाई अधिकार छुट्याएको छ तर त्यो अधिकार परिवार र समाजले दिएको छ त यो कुरा कहिले छानविन हुने रु महिला आफ्नो पेशा बाहेक मानव जातिको उत्थानका लागि दिन रात काम गरिरहेका हुन्छन् । त्यति मात्रै होइन पुरूषलेभन्दा बढी महिलाले नै परिवारको लागि समय खर्चेका हुन्छन् । ती महिलाहरूका कारण तिनै भलाद्मीहरुको भुँडी बढेका छन प्रशंसाको माला भिरेका छन । समाज र राष्ट्रमा छुट्टै पहिचान बनाउनसमेत महिलाको स्थान कति छ भन्ने कुरा कहिले मुल्यांकन गर्ने रु
राजनीतिमा महिला सहभागिता बढ्यो तर नेतृत्वमा न्यून भुमिका रहेको पाइन्छ। नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा ज्यादै न्यून देखिन्छ। २०६२र६३ को जनआन्दोलनपछि समानुपातिक निर्वाचन प्रणालीले धेरै महिला राजनीतिमा सक्रिय भए, सभासद्देखि राष्ट्रको गरिमामय पद पुग्ने मौकासम्म पाए।
इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको रूपमा महिलालाई पायो। यसले विश्वभर नेपाललाई फरक पहिचान पनि दियो। नेपालको अन्तरिम संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिसकेको भए पनि २०७२ असोजमा संविधान जारी भएपछि आजसम्म बनेका मन्त्रिपरिषद्मा एकतिहाइ महिला सहभागिता हुन सकेको देखिन्न।
महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गर्दै नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू हटाई हरेक क्षेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई वृद्धि गरि महिलालाई सचेत सक्षम र आत्मनिर्भर बनाउनु आवश्यक छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)