बुटवल,असाेज २२ ।
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गठबन्धनका ४ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु नियुक्त गरेका थिए।
प्रधानमन्त्री भएको तीन महिनापछि शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले पायो पूर्णता (नामावलीसहित)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)